अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षकको राजीनामा नआएको प्रष्ट्याएको छ । एन्फाका प्रवक्ता किरण राईले प्रमुख प्रशिक्षकसँग भेटघाट भएपनि उहाँले राजीनामा नदिएको प्रष्ट्याउनुभएको छ ।
नेपालको राष्ट्रिय पुरुष फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले आइतबार मध्याह्न आफू प्रशिक्षक पदबाट राजीनामा दिन लागेको बताउनुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमा उहाँले नेपाली फुटबल प्रशंसकलाई सम्बोधन गर्दै राजिनामा दिन आफू अखिल नेपाल फुटबल संघ जान लागेको बताउनुभएको थियो ।