मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आइतबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई इमेलमार्फत राजीनामा पत्र पठाउनु भएको हो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार हाल कुवेतमा रहनुभएका प्रशिक्षक अलमुताइरीको राजीनामाको विषयमा कार्यसमितिको बैठकले थप निर्णय गर्ने छ । प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको घोषणा गर्नुभएको छ …