काठमाण्डाै - तालिबानले अफगानिस्तानका प्रमुख तीन सहर कब्जा गर्ने प्रयास गरेको छ ।
दक्षिण तथा पश्चिमी क्षेत्रका हेरात, लस्कर गाह र कान्दाहर सहर सरकारी सेनाबाट खोसेर आफ्नो नियन्त्रणमा लिने प्रयास भइरहेको बीबीसीले जनाएको छ । तर ती प्रमुख सहर अहिलेसम्म सरकारी सेनाको नियन्त्रण छन् । कान्दाहरबाट सयौँ नागरिक विस्थापित भएका छन् ।
तालिबानको हिंसा र सरकारी सैन्यबलले गर्ने प्रतिकारका कारण अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट आउन सक्ने भन्दै चासो र चिन्ता बढ्न थालेको छ । अफगानिस्तानमा रहेका विदेशी सैनिक सेप्टेम्बर महिनासम्म फिर्ता हुने...