देशका विभिन्न जिल्लामा सहर बसाउने भनेर नयाँ सहर आयोजना सुरु भएको दशक पुग्यो । तर सोचेअनुरूप प्रगति हासिल भएको छैन । २०६७/६८ मा मध्यपहाडी लोकमार्गमा पर्ने १० सहर छनोट गरी नयाँ सहरका रूपमा विकास गर्ने अवधारणाअनुसार आयोजना सुरु भएको थियो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना पर्याप्त बजेट नहुँदा सहरको काम अध्ययनमै सीमित बनेको छ । अध्ययन पूरा भएका सहरमा समेत बजेट अभावका कारण काम अघि बढेको छैन । केही स्थानमा सडक, नाली र बसपार्क निर्माणको काम मात्र भएको छ । सरकारले बर्सेनिजसो नयाँ सहर थप्दै लगे पनि बजेट भने प...