रुपन्देही : सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वार्टर लखिमपुर खिरी तथा सेक्टर हेडक्वार्टर गोरखपुरबीच कात्तिक २३ गते वाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक भएको छ।नं. ५ विन्ध्यावासिनी वाहिनी रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर लखिमपुर खिरीका डीआईजी जे डी वशिष्ठ तथा सेक्टर हेडक्वार्टर गोरखपुरका डीआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो।