सावधान ! देश रोगग्रस्त छ

जतिपटक चुनाव भए पनि देशले धोका खाएको छ, बिरामी छ देश, देशबासीले धोका खाएका छन् र त यसपालिको आमनिर्वाचनमा मतदाताको उत्साह देखिएन । सम्भवतः चालू संविधानले व्यवस्था गरेको चुनाव यो अन्तिम हुनुपर्छ, धेरैको मुखबाट सुनिएको छ । अचम्म, यो चुनावबाट हस्ती भनिएका दलले आफ्ना मुख्य सारथीहरू गुमाएका छन् र पनि टुक्रिएर गएकासँग दौतरी जोड्ने प्रयासस्वरूप […] The post सावधान ! देश रोगग्रस्त छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

वाह दलाल, क्या कमाल !

देशमा बेच्न अब केही बाँकी रहेन । जंगल बेचिन्थ्यो उहिले, पञ्चायती कालमा सबैजसो जंगल दरबारीहरूका हातबाट स्वाहा/कालकवलित भयो । केही जंगलीहरूले गाउँका मान्छे लखेटेर सिध्याएपछि अहिले फेरि जंगल बढेको छ रे । अब त्यो जंगल विक्री गर्ने नयाँ पात्र तयार हुँदै नै होलान्, वैज्ञानिक वन व्यवस्थापनका नाममा । अगाडि वैज्ञानिक शब्द झुन्ड्याएपछि जे जे भकुन्ड्याए पनि भै हाल्छ क्यारे ! त्यसपछि ढुंगा, गिट्टी बेचियो । काठमाडौंका खोलाबाट, वरिपरिका डाँडाबाट र त्यसपछि बाहिरका खोला र चुरेबाट पनि । तर त्यति मात्र बेचेर पुगेन । उत्पादन बनाएर बेच्न त पैसा हुनुपर्‍यो, रंगढंग पनि हुनुपर्‍यो, व्यवसायलाई फस्टाउन दिने वातावरण बनाउनुपर्‍यो । त्यस्तो झन्झट कसले गरोस् ? त्यसैले अहिले त विदेशीलाई खोला बेचेर विदेशतिरै बिजुली बेच्ने गोरखधन्धा पनि शुरू भएको छ क्यारे ! यता भने खाडीको तेलले गाडी गुडाउँदै धूँवा उडाउँदै छौं । त्यसै बहादुर भनेका हुन् र हामीलाई कुइरेहरूले ? व्यवसायलाई फष्टाउन दिन त सरकार, राजनीतिक दल र कर्मचारीहरूमा दरो इच्छाशक्ति हुनुपर्‍यो । यी कुराहरू केही नभएपछि अब बेच्न सजिलो भनेको देश र देशवासी त बाँकी छन् नि । त्यसैले बिचरा नेताहरू नागरिकहरूलाई नै बेच्ने बाध्यतामा पुगेछन् । सीधै बेच्न मिलेन, त्यसका लागि त दलहरू चाहियो, द–लालहरू पनि चाहियो । केही वर्ष अघिसम्म चेलीबेटी बेचिएका समाचार धेरै आउँथे । अहिले अलि कम आउँछन् । अचेल चेलाबेटा नै बेचिन्छन् । हुँदा हुँदा स्वदेशी चेलीबेटी चेलाबेटाहरूलाई विदेशी बनाएर पनि बेच्न थालिसकेछन् । पहिले पुण्य काम भन्दै कमिसनको मिसन चलाए । अहिले पोलापोल र गुप्ती खोलाखोलमा कस्सिएका छन् । यो साँपसिढी खेलमा को चढ्ने हो को खस्ने हो ठेगान हैन । नक्कलीलाई सक्कली र सक्कलीलाई नक्कली बनाउने अक्कली दलाल नेपालमै छन् । त्यसैले त अहिले जताततै चर्चा छ त मान्छे बेच्ने बिचौलिया र दलालहरूको । हुन पनि अहिलेको जमानामा दलाल नै राजनीतिक बजारको असली माल हो । कमालको कुरा के हो भने विनादलाली बाँकी सबै बबाली हुन्, बेकारी हुन् । नित्य नयाँ खाल्डोमा गिर्दो राजनीतिमा दलाल नै मुख्य सूत्रधार हो, दलाली नै मूलधार हो । उही नेताको साभार पनि हो, ब्रिफकेसको आधार पनि हो । बरु आउनोस् हाम्रा प्यारा द–लाल नवराजा ! बियरसँग कमिशनको चटनी चाट्दै जेल जानुस् ताजा ताजा ! तपाईंलाई यता ठूला नेताजीहरूले पनि सम्झिरहनु भएको छ, ‘तिम्लाई बंगाला कल्ले किन्दियो’ भन्दै । खासमा नेताजीको महल र पार्टी कार्यालयले तपाईंलाई मिस गरिरहेको छ । अहिले ठूला नेताजीका वाणी तपाईंका लागि ईश्वरीय वरदान सावित हुन सक्छ । कुर्नुस् है । केवल केही समयको कुरा न हो । ठूला नेताजीहरू सच्चा दलालका खोजीमा हुनुहुन्छ, तपाईंका लागि त्यो अवसर हो । किनकि तपाईंलाई थाहै छ, कुर्सीमा बस्ने बसाउने खेलमा अरूको भन्दा दलालकै भूमिका महान् हुन्छ । दलालले भन्दा बढी कुनै कुरा कसैले जान्न सक्तछ भने त्यो स्वयं दलाल नै हुन्छ । कुर्सी रसका रसिक दुर्जनहरूले पनि भन्छन् कि उनीहरूका दाता दलाल नै हुन् । लोकतन्त्रमा लोककल्याणका लागि यो धर्तीमा दलालहरू नित्य अवतरण भैरहन्छन् । अरू अवतारहरू त दलालत्वका निमित्त मात्र हुन् । तर दलाल र दलाली चैं सृष्टिको सार हो, जीवनको आधार हो ।  भद्रजन र सेवाग्राही भन्छन्, ‘मन्त्रीभन्दा हाकिम ठूला, हाकिमभन्दा दलाल ठूला । हेर्नुस त, केही दलालहरूले गृह मन्त्रालयलाई गिरोह मन्त्रालय बनाइदिएको ! तिन लोक चौध भुवन नै दलालकै आदेशको अधीनमा चल्छन् । कुर्सीको अस्तित्वमा मतभेद हुन सक्छ, कुर्सीकै लागि हानाहान र तानातान हुन सक्छ । वादविवाद, घातप्रतिघात जे पनि हुन सक्छ । तर दलालको अस्तित्व र प्रभुत्वमा आजसम्म कुनै मतभेद छैन, विरोध र प्रतिरोध छैन । कहिलेकाहीँ दलाल र दलालबीच दाह्रा किटाकिट चाहिँ हुन्छ, त्यसलाई अन्यथा ठान्न मिल्दैन है ! त्यसैले त दलाललाई सबैले ‘मेरे लाल’ भन्छन् र उनीहरूका कुरा खान्छन् पनि । तिनै दलालले कुर्सीतिर लान्छन्, कहिलेकाहीँ जेल तान्छन् पनि । राजनीतिमा जस्तो दलालहरूका बीचमा खाने, ख्वाउने, मान्ने, मनाउने कुराहरूमा कुनै लफडा, झगडा छैन । बरु प्रत्येक दलालले अन्य दलालहरूलाई आदर–प्रशंसा एवं पूजासहित पूर्ण सम्मान दिने गरेका छन् । त्यसैले त धेरै राजनीतिक सम्प्रदाय त केवल दलालवाणीको आधारमै कायम छन् । अनि चम्चाहरू पनि दलालका प्रशंसा गर्न कहिल्यै चुक्तैनन् । उनीहरूले त दलाली नै विकासको नयाँ बाटो भन्दै भ्रष्ट साधनामा मनसिद्धिको सम्पूर्ण श्रेय आफ्नो दलाललाई दिन्छन् । दलाल र दलालतन्त्र सर्वत्र फैलिएका छन् । यसरी प्रदेश र संघका सबै राजधानी वरपर हरक्षण दलाल प्रकट भइरहन्छन् । दलाल, हाकिम र नेता एकै ठाउँ खडा छन् जताजता ।  भ्रष्टाचार अनि ठगीको जालो फैलिरहेछ यता त्यता ।  जनता जसलाई ठान्दछन् लाल, ती त दलाल पो रहेछन् ।  मान्छे बनाउने होइन, मान्छे नै बेच्ने कमाल गर्दा रहेछन् ।  दलालको वाणीलाई चम्चाहरू महान् अस्त्र मान्छन् । चम्चाशास्त्रमा दलालको प्रशंसा र आभार व्यक्त गर्नका लागि ‘दलाल स्तुति’ नामक बृहत् ग्रन्थ दलाललाई नै समर्पित गरिएको हुन्छ । चम्चाहरूले उचित दलालको चुनाव गर्न पनि जोड दिँदै आएका छन् । यो संसार सागरमा केही नक्कली दलाल बनेर पनि हिँड्ने गरेका पाइन्छन् । ‘उनीहरूबाट सावधान रहँदै हामी सच्चा दलालको परिक्रमा गर्नुपर्छ । सच्चा दलालको परिक्रमा र परिभ्रमणबाट ब्रह्माण्डका सबै सुख प्राप्त गर्न सकिन्छ’ भन्छन् चम्चाहरू । दलालको स्तुतिमा चम्चाहरूले धेरै कुरा लेखेका पनि छन् । किनकि उनीहरूलाई राम्रोसँग थाहा छ, दलालकै कृपाबाट मालदार अड्डामा सरुवा, बढुवा, सरकारी संस्थानमा हाकिम र मन्त्री, मुख्यमन्त्रीको कुर्सी समेत पाउन सकिन्छ । त्यसैले दलालको स्मरण मात्रले पनि दिमागबाट सारा पर्दा खुल्छन् । अतः चम्चाहरू भन्छन्, दलाल साधकहरूले मन, वचन एवं कर्मले दलालवाणीलाई आत्मसात् गर्नुपर्छ । दलालहरूको हरपल जयजयकार गर्नुपर्छ ।  तपाईं पनि जीवनमा उन्नति, प्रगति गर्न चाहनुहुन्छ भने दलाल स्तुति गर्न समय छँदै शुरू गरिहाल्नोस् है !

शेयरबजारको वृद्धि अस्वाभाविक त छैन ?

नेपालको शेयरबजार १ वर्ष अगाडि वैशाख ३० र ३१ २०७७ मा एक डेढ अर्व हाराहारीमा कारोबार हुन्थ्यो । पहिलोपटक ४ अर्बको कारोबार हुँदा आश्चर्य मानिएको देशमा अहिले निषेधाज्ञाका बेलामा १७ अर्ब माथिको कारोबार भइरहेको छ । गतवर्ष ऋणात्मक बनेको कुल गार्हस्थ्य उत्पादन र यस वर्ष पनि पहिलो ९ महीनामा भएको रू. ११ खर्बको आयात र १ खर्ब ८ अर्बजतिको निर्यात तथा ३९ खर्ब हाराहारीको गतवर्षको अर्थतन्त्रलाई हेर्दा रू. ४० खर्ब ३३ अर्ब ७९ करोडमाथि बजार पूँजीकरण स्वाभाविक देखिएको छैन । पोहोर साल १३०० हाराहारीमा रहेको नेप्से २९०६ मा पुग्नु स्वाभाविक नहुन सक्छ, खोजी गरौं । शेयरबजार बढ्नु राम्रो कुरा हो । अमेरिकामा कुल जनसंख्याको ५० प्रतिशत जनताले शेयरबजारमा कारोबार गर्छन्, लगानी गर्छन् । त्यो देशमा शेयर कहिले अति माथि र कहिले तल आउनु अस्वभाविक मानिँदैन किनकि त्यहाँ सबै कुरा पद्धतिमा चलेको छ । कतैबाट कसैले सट्टेबाजीको चरम दुरुपयोग त गरिरहेको छैन भन्ने आशंका हुनासाथ त्यहाँ बैंकदेखि अन्यका निक्षेपको, लगानीकर्ताको बचत वा रकम झिक्ने क्रमको तुरुन्त छानविन गर्न सक्ने आधार छ । सम्पत्ति शुद्धीकरणबाट पैसा लागनी भएको छ कि, केही व्यक्तिहरू मिलेर शेयर पुलिंग गरिरहेका छन् कि सबैतिरबाट हेर्ने संयन्त्र तयार छ । ४ प्रतिशत जनता शेयरबजारमा रहेको भारत र १ प्रतिशतको हाराहारी जनता बजारमा रहेको नेपालमा सबैतिरको आर्थिक संयन्त्र हेर्ने प्रणाली कमजोर भएको कारणले कतै कृत्रिम रूपमा बजार आकाशिइरहेको त छैन भन्ने आशंका छ । नेपालमा अहिले सबै कारोबार कम्प्युटराइज छ, रकम राखे झिकेको अभिलेख राष्ट्र बैंकले हेर्न सक्छ । अन्तर बैकिङ ऋण लेनदेन कति भएको छ, बैंकहरूले निक्षेप कति प्रतिशत अनिवार्य तरल (एसएलआर) राख्नुपर्छ, कति प्रतिशत नगद (सीआरआर) को रूपमा राख्नुपर्छ र त्यो प्रतिशतको कति दिनमा अनुगमन गरिन्छ भन्ने पारदर्शी छैन । हुन्डीबाट आएको रकम सीधै बजारमा लगानी गर्न मिल्ने अवस्था छ कि छैन भन्ने पनि स्पष्ट छैन । यदि छ भने अनुगमन गर्नेले एकआपसमा बीचमा खेलेर बजारमा लगानी गर्ने अवस्था बन्छ कि बन्दैन । यी सबै कुरा सरोकारवालाले चौकिदारी गरौं । एक्कासी बजार माथि गएर सर्वसाधारण सोझा लागानीकर्ताको रकम फसिसकेपछि दुर्घटना नहोस् । देश १ महीनादेखि निषेधाज्ञामा छ । उत्पादनमूलक उद्योग, पर्यटन, मनोरञ्जन सबैतिर दर्दनाक अवस्था छ, मानिस खान नपाएर झुपडिमा मुन्टो लुकाएर बस्न बाध्य छ । यो अवस्थामा बजारमा १७ अर्बमाथि कारोबार कसरी भएको छ खोजी गरौं । सबै कुरा सकारात्मक र वैधानिक होला तर चौकिदारी त सरोकारवाला निकायबाट गरिन आवश्यक छ । यो कुनै अनुसन्धान पत्र होइन, त्यसैले गडबडीका कुनै सूचक र संकेत प्रस्तुत गर्न सकिएको छैन र बढ्ने सही कारणहरू यी यी हुन् भन्ने आधार पनि प्रस्तुत गर्न सकिएको छैन । तर, १ वर्ष अघिसम्म बढीमा ४ अर्ब लगानी हुने बजारमा १७ अर्ब २७ करोड माथिको रकम कहाँबाट आएको छ ? यो प्रश्न गम्भीर छ । यसै गरी लगानी कम्पनी, म्युचुअल फन्ड जसले बजारमा लगानी गर्छन् उनीहरूको संख्या गतवर्ष भन्दा कति बढेको छ । त्यो कारण पनि शेयरमा लगानी बढेको हुन सक्छ । नागरिक लगानी कोषले स्टक डिलर खोलेको छ । यसले पनि व्यापक लगानी गरेको छ । तैपनि राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले कहाँबाट लगानी यसरी बढिरहेको छ खोज्नु आवश्यक छ । कम्पनीहरूको वित्तीय विश्लेषणको दृष्टिकोणबाट पनि कुनै कम्पनीको नाफा गतवर्षको तुलनामा अस्वाभाविक रूपले बढेको देखिँदैन । देशको आर्थिक धरातल पनि कोभिड, अस्थिरता त्रास आदिको कारणले घटेको छ । तर, नेप्से अस्वाभाविक रूपले बढेको छ । सरकार र धितोपत्र बोर्ड, मन्त्रालय सबैले एकपटक बजार बढाइमा र कारोबारको उछालमा प्राकृतिकता कति छ छानविन गर्न शुरू गरे राम्रो हुन्छ । अहिले शेयर धितो राखेर ऋण लिएर फेरि लगानी गर्नेको संख्या पनि बढिरहेको छ । त्यो पनि शेयर अत्यधिक बढ्नुको कारण हुन सक्छ । यो छानविनबाट मात्र थाहा हुने विषय हो । सन् १९९२ मा भारतको दोस्रो बजारमा शेयर किनबेच गर्ने बम्बे स्टक एक्सचेन्ज शेयर अस्वाभाविक रूपले बढेको थियो । बढाइ यस्तो अस्वाभाविक थियो जहाँ एसीसी सिमेन्ट कम्पनीको शेयरमूल्य रू. २०० भारूबाट ९००० भारूसम्म पुगेको थियो । यस्तै अन्य केही कम्पनीको पनि मूल्य बढेकोमा सबैभन्दा बढी यो कम्पनीको ४४०० प्रतिशत बढेको देखिएकाले यसको नाम लिइएको हो । अप्रिल १९९१ मा जुन कम्पनीको शेयर मूल्य २०० थियो मे १९९२ मा ९००० पुग्यो । त्यसैगरी अपोलो टायर, रिलायन्स कम्पनी, भोडाफोन आदिको पनि शेयर बढेको हो तर ती कुनै कम्पनीको नाफा, ईपीएस आदि केही पनि बढेको थिएन । नेपालमा पनि यस्तै नहोला भन्न सकिँदैन । त्यसैले अनुगमनमा रहेका प्रत्येक निकायले जे जसरी शेयरबजार बढेको छ, यसमा कुनै आर्थिक गडबडी छैन भन्ने विश्वास लगानीकर्तालाई दिन सके राम्रो हुनेछ । देशको राजनीतिमा पनि त्यस्तो कुनै आर्थिक वृद्धिको सम्भावना छैन, उत्पादनमा पनि कुनै चमत्कार देखिएको छैन । तर, आश्चर्यजनक रूपमा बजार बढेको मात्र छ । १ वर्षमा नेप्सेमा डेढ सय गुणा वृद्धि हुन आवश्यक पर्ने आर्थिक वातावरण नदेखिएकाले यस सम्बन्धमा खोजबिन हुन आवश्यक देखिएको हो । धेरै लगानीकर्ता अनलाइन कारोबारमा छन्, मोबाइल बैंकिङबाट पनि लेनदेन भए होला । बैंकका शाखाहरू जताततै बन्द भएर एटीएम नभएकाहरूले ऋण खोजेर व्यवहार चलाउनु परेको छ । तर, दैनिक अर्बाैं कारोबार हुनेगरी पैसा कहाँबाट आयो भन्ने शंका उब्जनु अन्यथा पनि होइन । कसैकसैले त कालो धन शेयरबजारमा आएको समेत भन्न थालेका छन् । त्यसैले सबै सरोकारवाला निकाय यसमा सावधान रहन आवश्यक छ । लेखक कैशलाकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौँ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौँ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो  ।  यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाँच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधान...

सावधान ! दाेस्रो लहरको जोखिम बढ्यो, सर्तक रहनुहोस्

बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्यसको अत्यधिक असर देखिएको थि...

कोरोनामा जमाती संकट र सरकारको अकर्मण्यता

पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट विश्व त्रस्त छ। साना गरिब र विकाशका कमजोर पूर्वाधार भएका देशहरुको के कुरा विश्वका शक्तिशाली राष्ट्र मानिएका अमेरिका र युरोपेली देशहरु सबैभन्दा पीडित भएका छन्। दक्षिण एशियाली देश भारत पाकिस्तानलगायत देशहरु सतर्क र सावधान देखिएका छन्। नेपालमा पनि विदेशबाट आउनेहरुबाट यसको संक्रमण फ...

विपद् कसैको कमाउने माध्यम नबनोस्

अहिले देश दुखिरहेको छ । पहाडमा पहिरो गएको छ । तराईमा बाढी आएको छ । बाढी–पहिरोका कारणले मानिसहरूको बिजोग छ । पशुको दुर्दशा छ । पन्छीको बिल्लीबाठ छ । यो सबैलाई थाहा भएकै कुरा हो । थाहा भएर नै मानिसहरू सेवामा जुटिरहेका छन् । सावधान, यो विपद्मा पनि त्यस्तो नहोस् । सोझा जनतालाई आएको विपद् बाठाहरूको कमाउने अवसर नबनोस् ।