नेशनल माइक्रोफाइनान्सको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

भदौ ३०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३६ हजार ५०० कित्ता संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. १ हजार २२ मूल्य तोकेर असोज १३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न सकिने गरी यो शेयर लिलामीमा विक्री खुला गरेको हो ।  कम्पनीले यसअघि गत चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म विद्यमान संस्थापकहरुलाई प्राथमिकतामा राखी यो शेयर विक्रीको आव्हान गरेको थियो । उक्त अवधिभित्र विद्यमान शेयरधनीहरुबाट आवेदन नपरेपछि विद्यमान संस्थापक सहित अन्य सर्वसाधारणले खरीद गर्न सक्ने गरी पुनः यो शेयर विक्रीमा आएको हो ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरीद गर्न सकिने गरी विक्रीमा आएको यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  तोकिएको अवधिभित्र प्राप्त आवेदन असोज १४ गते बिहान ११ बजे विक्री प्रबन्धकको कार्यालय, टेकु, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

सम्बन्धित सामग्री

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

कात्तिक १२, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य रू. ४५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र कात्तिक २५ गते बिहान १० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

भोलीदेखि नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता शेयर लिलामी बिक्रि खुल्ला

काठमाडौं, १४ भदौ । भोलीदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने जनाएको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

भदौ १३, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर भदौ १५ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार २२ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

मेरो माइक्रोफाइनान्सको ५ लाख कित्ता शेयर आजदेखि लिलामीमा

काठमाडौं, २५ साउन । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २५) देखि ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । साउन ३२ गते सम्मका लागि विक्री खुला गरेको कम्पनीको लिलामी शेयर खरिद गर्न न्युनतम मुल्य प्रतिकित्ता ५९५ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न तोकिएको मुल्य […]

आजदेखि फर्स्ट माइक्रोफाइनान्सको ३ लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, २१ साउन । आजदेखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर लिलामीमा आएको छ । आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको कम्पनीको ३ लाख १९ हजार ४१० कित्ता शेयर उक्त शेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको जनाइएको छ । कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता १०० तोकिएको हुनाले आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, १९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो । कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि […]

नेशनल माइक्रोफाइनान्सको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, १७ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन १६ गतेदेखि संस्थापक शेयर लिलामीमा आएको छ । विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर विक्री गर्न लागेको हो । संस्थाले ६५ हजार ७६० कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको हो । प्रतिकित्ता शेयरमुल्य न्यूनतम १२ सय २२ रुपैयाँ तोकिएको […]

एनआईसी बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुःन लिलामीमा आएको छ । कम्पनीले यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको यस कम्पनीको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन ३ गते आइतवारदेखि पुःन लिलामीमा ल्याएको हो । कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा […]

नेशनल माइक्रोफाइनान्सको ७६ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, २८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७६ हजार ५० कित्ता शेयरमा असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । चैत्र ३१ गतेदेखि जेठ ३ गतेसम्म संस्थापकहरुलाई प्राथमिकता दिदै ३५ दिनको सुचना जारी गरेको थियो । सो अवधिमा संस्थापकहरुबाट आवेदन नपरेपछि […]

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

जेठ १७, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. ५७२ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिने कम्पनीे जानकारी दिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।