जेठ ३१, काठमाडौं । चार ओटा कम्पनीको संस्थापक शेयरमा बोलकबोल गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स, महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर खरीद गर्ने सोमवार अन्तिम दिन हो ।
नेशनल लाईफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १३ गतेदेखि संस्थापक शेयर लिलामीमा ल्याएको हो भने आरएमडीसी लघुवित्तले जेठ १६ गते र मेरो माइक्रोफाइनान्सले जेठ १७ गतेदेखि शेयर लिलामीमा ल्याएको हो ।
नेशनल लाईफ इन्स्योरेन्सको ४१ हजार ८५६ कित्ता, महुली लघुवित्तको ५६ हजार २७० कित्ता, आरएमडीसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ कित्ता संस्थापक शेयर जेठ ३१ गतेसम्मको लिलामीमा ल्याएको हो ।
नेशनल माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ५१७ , महुली लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.८००, मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता रू.५७२ र आरएमडीसी लघुवित्तको प्रतिकित्ता रू.४७७ तोकिएको छ ।
यी शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
महुली लघुवित्तको शेयर खरीदका लागि न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अन्य कम्पनीको शेयर खरीद गर्न चाहनेहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यी सबै कम्पनीको शेयर शेयर विक्री प्रबन्धकमा एनएनआईसी एशिया क्यापिटल रहेको छ ।