चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स रकम गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले घटेको छ ।
रेमिट्यान्स आय यो अवधिसम्ममा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स आय ११.१ प्रतिशतले बढेको भने यो वर्ष भने घटेको छ ।
अमेरिकी डलरमा भने जम्मा ३ अर्ब ९३ करोडको रेमिट्यान्स पछिल्लो ६ महिनामा नेपाल भित्रिएको छ । यो रकम पनि गत वर्षको तुलनामा ६.२ प्रतिशतले घटेको हो ।
राष्ट्र बैंकका अनुसार पुससम्मको महँगीदर भने साढे ५ प्रतिशत मात्रै रहेको छ । अघिल्लो महिना यस्तो...