नेपाल लाइफले ६ महिनामै कमायो ४२ करोड ७७ लाख खुद नाफा, दाबी भुक्तानी ६८२ करोड

नेपाल लाइफ इन्स्योरेन्सले ६ महिनामा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको हालै प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त परिमाणको खुद नाफा आर्जन भएको देखिएको हो ।

सम्बन्धित सामग्री

आइएमई लाइफको नाफा यो वर्ष ९६ प्रतिशत बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म ९६ प्रतिशतभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष ११ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २३ करोड ४७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानी २२ प्रतिशतभन्दा बढी र कुल खर्च १८ प्रतिशतभन्दा बढी भएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो भने २ अर्ब ४१ करोड रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क आम्दानी गत वर्षभन्दा १२ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ८७ करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब १० करोड रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी भने गत वर्षभन्दा करिब ४८ प्रतिशतट बढी भएको छ । गत वर्ष ६३ करोड २९ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ९३ करोड ४४ लाख रूपैयाँभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब रूपैयाँ रहेको छ । शेयर प्रिमियममा १ अर्ब ५३ करोड ३४ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग ८५ करोड २ लाख रूपैयाँभन्दा बढी छ । अदर इक्वीटी रकम भने ५५ करोड ३६ लाख रूपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ४७ रूपैयाँ २९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७७ रूपैयाँ २७ पैसा छ ।   रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

सानिमा जिआईसी इन्स्योरेन्सले गर्‍यो १०२ प्रतिशत बढी नाफा

काठमाडौं । साविक सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सानिमा जिआईसी इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा १०२ दशमलव २८ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको आम्दानी १०१ प्रतिशत बढी रू. १९ करोड ९८ लाखभन्दा बढी भएको छ । खर्च रकम पनि गत वर्षभन्दा वृद्धि भएको छ । गत वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ८ करोड २४ लाखभन्दा बढी खर्च गरेको छ । गत वर्षभन्दा यस वर्ष कुल बीमा शुल्क आर्जन करीब ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४६ करोड ११ लाखभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. ७५ करोड १४ लाखभन्दा बढी कुल बीमा शुुल्क आर्जन गरेको हो । कुल दाबी भुक्तानी रकम गत वर्षभन्दा यस वर्ष २७७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ६० लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको कम्पनीले रू. ३६ करोड १९ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । मर्जरपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । जगेडा कोष रकम पनि १३५ दशमलव ४९ प्रतिशत बढी रू. २६ करोड ३२ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ८७ रहेको छ ।

पुराना जीवन बीमा कम्पनीको नाफा : राष्ट्रिय बीमा संस्थान बाहेक सबैको घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनाको अवधिमा पुराना सबै जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थानले मात्र खुद नाफा बढाएको छ । कम्पनीहरुले सार्वजनिक गरेका चालू आवको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा संस्थानको मात्र खुद नाफामा वृद्धि भएको देखिएको हो । यस वर्ष राष्ट्रिय बीमा संस्थानले लगानी कर्जा तथा अन्यबाट रू. ४ करोड ४६ लाख ५६ हजारभन्दा बढी आम्दानी गरेकाले खुद नाफामा वृद्धि भएको हो । संस्थानका प्रशासक कवि पाठले यस वर्ष संस्थानको खर्चको तुलनामा आम्दानी बढेकाले नाफा वृद्धि गर्न सफल भएको जानकारी दिए । संस्थानले यस वर्ष दोस्रो त्रैमाससम्म १ करोड ४६ लाखभन्दा बढी खर्च गरेको समेत उनले जानकारी दिए । यस वर्ष व्यवस्थापन खर्च बढेपनि कर्मचारी बोनस व्यवस्था कम गरिएको पाठकको भनाई छ । कम्पनीले यस वर्ष व्यवस्थापन खर्च रू. १ करोड २५ लाखभन्दा बढी गरेको छ भने कर्मचारी बोनस व्यवस्थाका लागि रू. २० लाख २६ हजार छुट्याएको थियो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ९७ लाखभन्दा बढी व्यवस्थापन खर्च गरेको थियो । कम्पनीले कर्मचारी बोनसका लागि रू. २० लाख ६९ हजार व्यवस्था गरेको थियो । यस वर्ष सर्वाधिक नाफा घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको यस कम्पनीले चालू आवको सोही अवधिमा रू. १३ करोड ४ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष नेपाल लाइफले नोक्सानी व्यवस्थाका लागि रू. १७ करोड ६६ लाखभन्दा बढी रकम छुट्याएकाले खर्च बढ्न गई खुद नाफा घट्न गएको देखिन्छ । गत वर्ष रू. १५ करोड ८८ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष नोक्सानी व्यवस्थाका कारण बढाएर रू. ३२ करोड १ लाखभन्दा बढी खर्च गरेको छ । यस वर्ष दाबी भुक्तानी रकम बढेकाले पनि पुराना जीवन बीमा कम्पनीहरुको खुद नाफा घटेको जीवन बीमक संघका अध्यक्ष एवम् मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठले जानकारी दिए । कोभिडका कारण पनि यस वर्ष मृत्यु दाबी भुक्तानी गत वर्षभन्दा बढेको भनाई श्रेष्ठको छ । साथै पुराना कम्पनीहरुको दायित्व बढी भएकाले सोही बमोजिमको प्रोभिजनिङ गर्नु परेका कारण पनि यस वर्ष खुद नाफामा कमी आएको उनको भनाइ छ ।

नेको इन्स्योरेन्सको खुद नाफा १५ करोड २ लाख

फागुन १, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेको इन्स्योरेन्स लिमिटेडले रू. १५ करोड २ लाख खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४३ दशमलव ११ प्रतिशतले घटेको हो । गत वर्ष उक्त अवधिसम्म कम्पनीले रू. २६ करोड ४० लाख खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी ४० दशमलव ७७ प्रतिशत कम भएकाले खुद नाफामा कमी आएको हो ।  गत वर्ष रू. ४३ करोड आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ४७ लाख मात्र आम्दानी गरेको हो । खर्च रकम पनि गत वर्षभन्दा ३७ प्रतिशत घटेको छ । कम्पनीले गत वर्ष रू. १६ करोड ६० लाख खर्च गरेकोमा यस वर्ष रू. १० करोड ४५ लाख मात्र खर्च गरेको छ । १५ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ५२ करोड १६ लाख कायम गरेको कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीको जगेडा कोष रकम १६ दशमलव ७३ प्रतिशत कम रू. ५३ करोड ५६ लाख कायम भएको छ । बीमा कोष रकम भने २१ दशमलव ८९ प्रतिशत बढेर रू. १ अर्ब १७ करोड ४५ लाख पुगेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष १६ दशमलव १९ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ५८ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ३३ दशमलव ७१ प्रतिशत बढी अर्थात् रू. ५९ करोड ६ लाख कुल दाबी भुक्तानी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २१७ दशमलव ४० रहेको छ ।

६ महीनामा नेपाल लाइफद्वारा कुल बीमाशुल्क आर्जन १८ अर्बभन्दा बढी

माघ २९, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६५ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।  गत वर्ष रू. १७ अर्ब ४० करोड ६९ लाख भन्दाबढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष रू. १८ अर्ब ३९ करोड ४ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।  कुल दाबी भुक्तानी रकम भने गत वर्षभन्दा २६ दशमलव ३५ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ५ अर्ब २४ करोड ५४ लाख कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू. ६ अर्ब ६२ करोड ७७ लाख कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको खुद नाफा भने यस वर्ष ६९ दशमलव ६४ प्रतिशत कम भएको छ । गत वर्ष रू. ४२ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १३ करोड ४ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष गत वर्षभन्दा २३ दशमलव ४४ प्रतिशत कम रू. ४५ करोड ६ लाख आम्दानी गरेको कम्पनीले १०१ दशमलव ५९ प्रतिशत बढी रू. ३२ करोड १ लाख खर्च गरेको हो । खर्च रकम बढ्दा कम्पनीको खुद नाफा यो वर्ष कम हुन पुगेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार छ । आर्थिक वर्ष २०७६÷७७ सम्मको सञ्चित मुनाफाबाट यहि पूँजीको आधारमा कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ७५ करोडभन्दा बढी र जीवन बीमा कोष रकम रू. १ खर्ब २४ अर्ब ८३ करोडभन्दा बढी रहेको छ । गत वर्षभन्दा जगेडा कोष रकम ६६ दशमलव ३६ प्रतिशत र जीवन बीमा कोष रकम २३ दशमलव २५ प्रतिशत बढी कायम भएको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६३ र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ३४ रहेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ३१.३२% बढ्यो

माघ २७, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३१ दशमलव ३२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी २७ दशमलव ९९ प्रतिशत बढी र खर्च २१ दशमलव ९९ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ११ करोड ५२ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ३ करोड ९२ लाखभन्दा बढी खर्च गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष २४ दशमलव ८३ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने १५६ दशमलव २३ प्रतिशत बढी रू. ३७ करोड २४ लाख कुल दाबी भुक्तानी गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १८ करोड १७ लाखभन्दा बढी छ । कम्पनीको जीवन बीमा कोष रकम भने रू. ३ अर्ब ३६ करोडभन्दा बढी छ । जगेडा कोष रकम गत वर्षभन्दा ८ दशमलव ४६ प्रतिशत कम भएको हो भने जगेडा कोष रकम ८७ दशमलव २७ प्रतिशत बढेको हो ।  वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव २० रहेको छ ।

यस वर्ष सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ९५.६५% बढ्यो

माघ २५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा जनरल इन्स्योरेन्सले रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९५ दशमलव ६५ प्रतिशत बढी भएको हो । कम्पनीले गत वर्षभन्दा ६६ दशमलव ७३ प्रतिशत बढी रू. ९ करोड ९३ लाख आम्दानी गरेकोमा ३८ प्रतिशत बढी रू. ४ करोड १३ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७७ प्रतिशत बढी रू. ११ करोड १८ लाख कायम भएको छ भने बीमा कोष रकम ७० दशमलव ४२ प्रतिशत बढी रू. १२ करोड १८ लाख पुगेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ६४ दशमलव ६८ प्रतिशत बढी रू. ४६ करोड ११ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने २० दशमलव ३०) प्रतिशत बढी रू. ९ करोड ६० लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष ३६ हजार ५५० बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ४५ हजार ७५२ बीमालेख जारी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ६२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ३० रहेको छ ।

यो वर्ष ५६% ले बढ्यो जनरल इन्स्योरेन्सको खुद नाफा

माघ २४, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ५ करोड ६८ लाख खुद नाफा गरेको छ ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष ५६ दशमलव शून्य ४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ६४ लाख खुद नाफा गरेको थियो ।  यस वर्ष कम्पनीको आम्दानी ५० दशमलव ३८ प्रतिशत बढेको छ भने खर्च ४३ दशमलव १४ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ९ करोड ९७ लाख आम्दानी गरेकोमा रू. ४ करोड २८ लाख खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. १३ करोड ३ लाख छ । बीमा कोष रकम रू. १४ करोड ९२ लाख रहेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम ९६ दशमलव ८३ प्रतिशत र जीवन बीमा कोष ९९ दशमलव ४७ प्रतिशत बढेको हो । कम्पनीले गत वर्षभन्दा यस वर्ष ३२ दशमलव ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ५२ दशमलव ३९ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ ।  यस वर्ष कम्पनीले रू. ४६ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ११ करोड ४९ लाख कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष यस अवधिमा ४२ हजार ७१५ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ३८ हजार ९८ बीमालेख जारी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव १८ छ । यो पनि हेर्नुस् : पहिलो त्रैमासमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६१% बढ्यो

ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको खुद नाफा १३ करोडभन्दा बढी

माघ १७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १३ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. १० करोड ७८ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २४ दशमलव २३ प्रतिशत वृद्धि भएको हो ।  यस वर्ष कम्पनीले रू. १ अर्ब ७१ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिमा रू. १४ करोड ४५ लाखभन्दा बढी कुल बीमाशुल्क कम्पनीले आर्जन गरेको थियो । यस वर्ष गत वर्षभन्दा १८ दशमलव ६२ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो ।  यस वर्ष कम्पनीले रू. १ अर्ब ४४ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । यो रकम गत वर्ष रू. ३ करोड १ लाखभन्दा बढी मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ३७९ दशमलव ५६ प्रतिशत बढी कुल दाबी भु्क्तानी गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड रहेको छ । कम्पनीले यस वर्ष अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले फागुन ६ गतेको वार्षिक साधारण सभाबाट पारित गर्दैछ ।  कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ५१ प्रतिशत बढी अर्थात् रू. ७२ करोड ९० लाख रहेको छ भने जीवन बीमा कोषमा रू. ५ अर्ब १४ करोड ४४ लाखभन्दा बढी छ । गत वर्षभन्दा ७६ दशमलव ३० प्रतिशत बढी यस वर्ष कम्पनीले बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. ३९ करोड ९९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५६ करोड ४५ लाखभन्दा बढी प्रवाह गरेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ८८ रहेको छ ।