काडमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने र अत्यन्तै जरुरी कार्यबाहेकको कामका लागि सवारी पास दिन बन्द गरेको छ। अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनि सवारी पासको माग बढिरहेकाले आजदेखि सवारी पास नै बन्द गरिएको हो। अत्यावश्यक सेवा तथा बस्तुका सवारी साधान, विरामी तथा कुरुवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको हकमा पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ।