भक्तपुरले मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकमा सवारी पास उपलब्ध नगराउने

अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भन्दै सवारी पास माग भएकाले शुक्रबारदेखि अन्य पास रोकिएको प्रशासनले जनाएको छ।

सम्बन्धित सामग्री

रौतहटमा निषेधाज्ञाको अवधि पुनः ७ दिन थप

जेठ ६, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः ७ दिनको लागि निषेधाज्ञाको अवधि थप गरेको छ । जेठ ७ गतेदेखि १३ गते राति १२ बजे सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञाका अवधि थप गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमणको जोखिम कम गर्नका लागि निषेधाज्ञाको अवधि सात दिन थप गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । चौक तथा बजारमा मानिसको चहलपहल र भीडभाड बढेपछि रोक्नका लागि निषेधाज्ञाको अवधिमा थपिएको उनको भनाइ छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कनका लागि निषेध गरीएको उनले बताए ।  स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दूध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ती बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सवबाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ । होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक संस्था, ब्युटी पार्लर तथा हाट बजारलाई बन्देज लगाइएको छ भने विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको सूचना उल्लेख छ ।  रौतहटमा बिहीवार २८ जनामा संक्रमण पुष्टि भएको छ । गौर अस्पतालमा बिहीवार गरिएको पीसीआर परीक्षणमा २८ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म रौतहटमा ८६४ जनामा संक्रमण पुष्टि भइसकेको छ । १२८ जना निको भइ घर फर्केका छन् । अक्सिजन प्लान्ट निर्माण हुने कोरोनाको संक्रमण दर बढ्दै गएपछि चन्द्रपुरमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित शहिद स्मृति पार्कको आइसोलेशनमा अक्सिजन प्लान्ट निर्माण हुने भएको हो । संघिय तथा प्रदेश संसाद र स्थानिय तहहरुको सहयोग अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । बिहीवार बसेको बैठकले अक्सिजनको अभावमा हुन नदिनका लागि तत्कालै प्लान्ट निर्माण गर्ने योजना रहेको संघिय संसद देव प्रसाद तिमल्सिनाले बताए ।

थप गरिएको निषेधाज्ञामा सवारी पास सम्बन्धी केके छन् व्यवस्था?

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवारदेखि लागू हुने गरी मंगलवार निषेधाज्ञा थप गरेको घोषणा गर्‍यो। जसमा मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा लगायतका अन्य अत्यावश्यक प्रयोजनका लागि जारी गर्ने सहजीकरण/सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको भन्दै प्रशासनले प्रष्ट पारेको छ। प्रशासनले सुरक्षा गार्डहरुले परिचय पत्र र पोशाक लगाएर ड्युटीमा आवातजावत…

झुक्याएर सवारी पास लिने बढेपछि भक्तपुरमा पास वितरण बन्द

अतिआवश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यको लागि स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर आएकाहरुलाई मात्रै सवारी पास दिने जनाउँदै अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लिन थालेपछि कडाई गर्नुपरेको स्पष्ट पारे।...

काठमाडौंमा यी सवारी चालकले पास लिनुपर्दैन

१६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामबाहेक सवारी पास जारी नगर्ने बताएको छ । निषेधाज्ञाका बेला सवारी साधन चलाउन पास लिनेहरु धेरै आएको भन्दै कार्यालयले मृत्यु संस्कार र अत्यन्तै जरुरी कामका लागि मात्र सवारी पास जारी गर्ने बताएको छ । कार्यालयले अत्यन्तै जरुरी काम के के हुन् भन्ने चाहिं […]

मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यबाहेकका लागि सवारी पास बन्द

काडमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने र अत्यन्तै जरुरी कार्यबाहेकको कामका लागि सवारी पास दिन बन्द गरेको छ। अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनि सवारी पासको माग बढिरहेकाले आजदेखि सवारी पास नै बन्द गरिएको हो। अत्यावश्यक सेवा तथा बस्तुका सवारी साधान, विरामी तथा कुरुवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको हकमा पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ।

सवारी पासको दुरुपयोग गरेर सवारी नचलाउनु होला, नत्र प्रहरीले समात्ला!

काठमाडौः लकडाउनको समयमा स्थानिय प्रशासनले जारी गरेको सवारी पास दुरुपयोग गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले मकवानपुर हेटौडा उपमहानगरपालिका वडा २ चौकीटोल बस्ने ४४ वर्षीय प्रेमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको हो। घिमिरेले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएको मृत्यु संस्कार सम्वन्धि पासको दुरुपयोग गरेर

सवारी पास वितरण प्रणालीमा परिवर्तन, यस्तो छ प्रशासनको सूचना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण प्रणालीमा परिवर्तन गरेको छ। राजधानी भित्रिने र उपत्यकाबाट बाहिर जानेको चाप बढ्दै जाँदा कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै प्रशासनले पास वितरण प्रणालीमा परिवर्तन गरेको हो। कार्यालयले अत्यावश्यक कार्यको लागि मात्रै पास वितरण गर्ने जनाएको छ। जसअन्तर्गत मृत्यु संस्कार,