वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट

१५ जेठ, काठमाडौं । सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा […]

सम्बन्धित सामग्री

नेपाल हाइड्रो डेभलोपरको नाफा ९० प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २ करोड १ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ३ करोड ८३ लाख पुगेको छ । गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी र अन्य आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ९ करोड ४२ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. १० करोड ५ लाख पुगेको छ । त्यस्तै कम्पनीले अन्य स्रोतमार्फत रू. २० लाख ६० हजार आम्दानी गरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ३३ करोड ५९ लाख छ । कम्पनीले जगेडामा रू. ४ करोड २७ लाख सञ्चिति गरेको छ । गत आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३० पैसा (वार्षिक) रहेकोमा गत आवमा बढेर ११ रुपैयाँ ४१ पैसा पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३ दशमलव ०६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ७२ छ ।

वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै

चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० लाख ९१ हजार रुपैया खर्च भएको छ।

वैशाखसम्म स्वास्थ्य सेवा विभागको खर्च २७ प्रतिशत मात्रै

चालू आर्थिक वर्षका लागि विनियोजन गरएको कुल ५ अर्ब ५२ करोड ६९ लाख ३६ हजार बजेटमध्ये वैशाख मसान्तसम्म २७ दशमलव ९० प्रतिशत अर्थात एब अर्ब ५४ करोड २० लाख ९१ हजार रुपैया खर्च भएको छ।

यस वर्ष प्रभु बैकको नाफा करीब १७% घट्यो

माघ ७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंकले रू. १ अर्ब २६ करोड २० लाख १० हजार खुद नाफा गरेको छ ।  शुक्रवार सार्वजनिक बैंकको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १६ दशमलव ९० प्रतिशत घटेको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार खुद नाफा गरेको थियो ।  गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा पनि १२ दशमलव ९८ प्रतिशत कम भएको छ । गत वर्ष रू. २ अर्ब १४ करोड ६९ लाख ६२ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ८६ करोड ८१ लाख २० हजार मात्र यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ५३ करोड ६१ लाख ८७ हजार छ । १२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार पु¥याएको बैंकको जगेडा कोष रकम रू. ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार छ भने रिटेन्ड अर्निङ रू. ७० करोड २२ हजार ६४ हजार छ ।  गत वर्षभन्दा शून्य दशमलव ७६ प्रतिशत कम रू. १ खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख ७८ हजार निक्षेप संकलन गरेको बैंकले ५ दशमलव ३४ प्रतिशत बढी रू. १ खर्ब ४२ अर्ब ३३ करोड २६ लाख ४८ हजार कर्जा प्रवाह गरेको छ ।  निष्क्रिय कर्जा गत वर्ष २ दशमलव शून्य ६ प्रतिशत रहेकोमा यस वर्ष घटेर १ दशमलव २३ प्रतिशतमा झरेको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ५४ रहेको छ ।

चौथो त्रैमासमा समीट लघुवित्तको नाफा २०१ % ले वृद्धि

साउन १८, काठमाडौं ।  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा नाफा २०१ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवमा रू. ३ करोड ९७ लाख १९ हजार नाफा कमाएको उक्त  कम्पनीको नाफा गत आवमा वृद्धि भएर रू. ११ करोड ९८ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।  खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ७२ प्रतिशत र सञ्चालन नाफा २६२ प्रतिशतले वृद्धि भएको हो । चुक्तापूँजी रू. ३९ करोड ४३ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २१ करोड ७८ लाख सञ्चित गरेको छ ।   गत आवको चौथो त्रेमाससम्ममा कम्पनीले रू. २ अर्ब ८० करोड ४६ लाख सापटि लिएर, रू. १ अर्ब ५ करोड ६ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब २८ करोड २० लाख कर्जा लगानी गरेको छ ।  सो अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने वृद्धि भएको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ४ दशमलव ८८ प्रतिशत पुगेको हो । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३० दशमलव ३८,मूल्य आम्दानी अनुपात ५५ दशमलव ७९ गुणा, तरलता अनुपात ११ दशमलव शून्य ३ प्रतिशत र प्रतिेशेयर नेटवर्थ रू. १५५ दशमलव २५ पुगेको हो ।

आयकरमा कति कमाउनेलाई कति छुट  ?

सरकारले कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा छुट गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत आयकर छुट दिइएको हो । २० लाख रुपैयाँसम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था आर्थिक अध्यादेश मार्फत गरिएको छ । २० लाखदेखि माथि ५० लाख सम्मको कारोबारमा ७५ प्रतिशत कर छुट गरिएको छ । एक करोडसम्म कारोबार भएको व्यवसायीले ५० प्रतिशत छुट आयकरमा पाउनेछन् । होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा

बजेटमा के के घट्यो, के के बढ्यो, के केमा कर छुट ?

बढ्योचुरोटरक्सीबियरनेगेटिभ लिस्टमा रहने वस्तुहरु घट्योइन्डक्सन चुलोको मूल्यरेफ्रिजेरेटरग्राइन्डरराइसकुकरपंखाविद्युतीय उपकरण कर छुट लघु, घरेलु, तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आय करमा– वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने करदातालाई ९० प्रतिशत– २० लाखदेखि ५० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत– ५० लाखदेखि १ करोडसम्म कारोबार गर्ने करदातालाई ५० प्रतिशत छुट उद्योगहरुले खरिद गर्ने इन्धनमा भ्याट फिर्तासामाजिक उत्तरदायित्वअन्तर्गत […]

वार्षिक २० लाखसम्मको कारोबारीलाई ९० प्रतिशत छुट

काठमाडौं। सरकारले वार्षिक २० लाख रूपैयाँसम्मको कारोबार गर्ने करदातालाई ९० प्रतिशतसम्म कर छुट दिने भएको छ। सरकारले आज अध्यादेशबाट ल्याएको बजेटमा आगामी आर्थिक वर्षमा यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पाठ गर्दै उक्त घोषणा गरेका हुन्।

सुदूरपश्चिमको चालू बजेट आधा पनि खर्च नहुने

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट पास गर्दा प्रदेश सभामै ९० प्रतिशत भन्दा बढि खर्च गर्ने दावी गरेको थियो । तर २०७६ चैत मसान्तसम्म चालू आर्थिक वर्षको कुल विनियोजित बजेट २८ अर्ब १६ करोड २० लाख रुपैयाँमध्ये जम्मा २१ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

सवारी क्षेत्रका विश्वका १० अग्रणी वादशाह

विश्वमा पहिलो सवारी साधन निर्माणको श्रेय नेकलोस जोसेफलाई जान्छ । उनले सन् १७६९ मा वाष्पशक्तिमा आधारित सवारी साधन बनाएका थिए । अठारौं शताब्दीमा औद्योगिक क्रान्तिसँगसँगै सवारी साधनको क्षेत्रको क्रमिक रूपमा विकास भएको पाइन्छ । सन् १९२९ को महामन्दीपूर्वसम्म विश्वमा ३ करोड २० लाख २८ हजार ५ सय सवारी मात्र प्रयोगमा थिए, जसमा अमेरिकाले मात्र ९० प्रतिशत भन्दा बढी सवारी उत्पादन गथ्र्यो । भलै तीताका प्रति ४.८७ अमेरिकीको पोल्टमा एउटा सवारी साधन पथ्र्याे । दोस्रो विश्वयुद्धपश्चात् पनि सवारी साधन उत्पादनमा अमेरिकाको हिस्सा ७५ प्रतिशत रह्यो ।