विश्वमा पहिलो सवारी साधन निर्माणको श्रेय नेकलोस जोसेफलाई जान्छ । उनले सन् १७६९ मा वाष्पशक्तिमा आधारित सवारी साधन बनाएका थिए । अठारौं शताब्दीमा औद्योगिक क्रान्तिसँगसँगै सवारी साधनको क्षेत्रको क्रमिक रूपमा विकास भएको पाइन्छ । सन् १९२९ को महामन्दीपूर्वसम्म विश्वमा ३ करोड २० लाख २८ हजार ५ सय सवारी मात्र प्रयोगमा थिए, जसमा अमेरिकाले मात्र ९० प्रतिशत भन्दा बढी सवारी उत्पादन गथ्र्यो । भलै तीताका प्रति ४.८७ अमेरिकीको पोल्टमा एउटा सवारी साधन पथ्र्याे । दोस्रो विश्वयुद्धपश्चात् पनि सवारी साधन उत्पादनमा अमेरिकाको हिस्सा ७५ प्रतिशत रह्यो ।