निजी क्षेत्रसँग सहकार्य गरी लगानी भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्न विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताएका छन् ।मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरे ।वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा अन्य देशको […]

सम्बन्धित सामग्री

अर्थमन्त्री पुनसँग निजी क्षेत्रको भेट, निरुत्साहित हुन नदिने प्रतिबद्धता

२५ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेट गर्दै उनले उच्च मनोबल साथ ढुक्क भएर लगानी गर्न आग्रह गरे । अर्थतन्त्रका विद्यमान समस्या समाधानमा निजी क्षेत्र, सरकार र जनताबीच सहकार्य जरुरी रहेको उनको भनाइ थियो । उनले नीतिगत र […]

देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह

सरकारले नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेको छ । देवचुली नगरपालिकाका मेयरको नेतृत्वको टोली र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले नेपाल उद्योगा वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको छ ।देवचुलीलाई लगानीको आकर्षण गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेको प्रतिनिधिमण्डलले जनाएको छ । देवचुलीको भौगोलिक अवस्थिति, […]

लगानी प्रवर्द्धनमा पहल गर्न राजदूत शर्मालाई आग्रह

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्शले पर्यटक आकर्षण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि पहल गर्न भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मालाई आग्रह गरेको छ । राजदूत शर्मासँग जमलस्थित चेम्बर भवनमा मंगलवार भएको भेटमा जलविद्युत् क्षेत्रमा भारतीय निजीक्षेत्रको लगानी भित्र्याउन पहल गर्न आग्रह गरिएको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि जलविद्युत् तथा सेवा क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न पहल गर्न आग्रह गरे । यस्तै छिमेकी मुलुक भारतको जनसंख्याको शून्य दशमलव २५ प्रतिशत मात्रै पर्यटक नेपालको भ्रमणमा ल्याउन सके पनि नेपालले धरै फाइदा लिन सक्ने अध्यक्ष मल्लको भनाइ थियो । यसका लागि सहजीकरण गरीदिन पनि राजदूत शर्मालाई उनले आग्रह गरे । जवाफमा राजदूत शर्माले नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउन आफूले पहल गर्ने बताएका छन् ।

लगानी र पर्यटन प्रवर्दनमा नेपाल र जर्जियाबीच सहकार्य हुने

नेपाल र जर्जियाले पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिएका हुन्। नेपाल उद्योग परिसंघमा परिसंघ नेतृत्वसँगको छलफलमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा धेरै जर्जियाली नागरिक ईच्छुक रहेको पनि उल्लेख गरे । ‘नेपालमा पर्वतारोहणका लागि धेरै जर्जियाली नागरिक ईच्छुक छन्,’ उनले भने, ‘हामीले पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सक्छौँ ।’उनले नेपाल उद्योग परिसंघ र जर्जियाको निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी नेपालमा लगानी प्रवद्र्धनमा सहकार्य गर्न सकिनेमा पनि जोड दिए  । जर्जियालाई नेपालमा उत्पादन हुने वस्तुहरुको निर्यात गन्तव्यको रुपमा विकास गर्न सकिने उनले बताए । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा अपार लगानी संभावना रहेकाले जर्जिया र अन्य युरोपेली देशका लगानीकर्ताले यहाँ लगानी गर्न सक्ने बताए । उनले नेपाली हस्तकला, गलैँचा र कपडान्य उत्पादनको राम्रो निर्यात गन्तव्य बनाउन आपसी सहकार्यमा राजदूत जुलियाशभिलीलाई आग्रह गरे  । अध्यक्ष अग्रवालले कोभिड १९ को प्रभाव कम हुँदै गएको नेपाली अर्थतन्त्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक रहेको उल्लेख गरे  । उनले नेपालमा लगानीका लागि जर्जियाली लगानीकर्तालाई उत्प्रेरित गर्न पनि राजदूत जुलियाशभिलीलाई आग्रह गरे। भेटका क्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको व्यापार सन्धीअनुसार नेपालमा उत्पादन हुने वस्तुहरु भन्सार छुटको सुविधामा भारत प्रवेश गर्न सक्ने भन्दै नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने बताए । छलफलमा परिसंघका गभर्निङ काउन्सिल सदस्य एवं नेपालका लागि जर्जियाका अवैतनिक वाणिज्यदूत शिवरतन शारडा, परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग आज चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरेका हुन् ।   भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग आग्रहसमेत गरे । उनले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्...