उच्च शिक्षाका लागि विदेश जाने क्रममा विमानस्थलको अध्यागमनबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आशयपत्र गलत भएको आशंकामा ५८ जना विद्यार्थी फर्काइएकोप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले दुःख व्यक्त गरेको छ ।
इक्यानले विज्ञप्ती जारी गर्दै शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय नभएको जनाएको छ । सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन ईक्यानले माग गरेको छ ।