१. अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिऔँ ।
२. अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । मोबाइल बैंकिङका लागि आधिकारिक मोबाइल एप...
नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो ।
ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैयाँसम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सक्नेछन् ।
एनबैंक वेबको सहयोगले प्रयोगकर्ता मैत्री बैंकिङ...
नबिल बैंकले एनबैंक वेब सुरु गरेको छ । बैंकले नयाँ अनलाइन बैंकिङ सेवा अन्तर्गत यो सुविधा सुरु गरेको हो।
यो सेवाअन्तर्गत आफ्नो डेस्कटप, ट्याबलेट वा ल्यापटपको प्रयोग गरी प्रतिदिन २० लाख र ...
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका विद्यार्थीलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको छ ।
गैँडाकोटका आठ सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्टरनेट चलाउँदा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिइएको हो ।
इन्टरनेट जडान गरिएको मोबाइल, ल्यापटप, कम्प्युटर चलाउँदा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी दिइएको प्रशिक्षक एवं पत्रकार कृष्ण सापकोटाले बताए ।
पछिल्लो समय इन्टरनेटको बढ्दो दुरुपयोगसँगै भएका विभिन्न खालका घटनाका बारेमा विद्यार्थीलाई सचेत पारिएको उनको भनाइ छ । प्रशिक्षणका क्रममा विद्यार्थीलाई भ्रामक तथा गलत सूचना, व्यक्तिगत गोपनीयता, घृणास्पद अभिव्यक्ति, अनलाइन बाल दुव्र्यवहार, साइबर बुलिङ, अनलाइन ठगीलगायतका विभिन्न विषयमा जानकारी गराइएको उनले बताए ।
गभर्नेन्स इन्टरनेसनल नेपाल (जीआइएन)का प्रशिक्षक सञ्जीव घिमिरेले पछिल्लो समय सबै जना चाहेर वा नचाहेर डिजिटल वल्र्डको हिस्सा बनेको भन्दै इन्टरनेटको प्रयोगबारे सचेत हुनुपर्नेमा जोड दिए । “पछिल्लो समय अनलाइन व्यवसाय, अनलाइन बैंकिङ प्रणाली, सामाजिक सञ्जाल, ई–कमर्स, ई–पेमेन्टलगायतमा सबैको पहुँच बढ्दै गइरहेको छ”, उनले भने, “डिजिटल वल्र्डमा सबैलाई सहज भएको छ । तर यसको सहीरूपमा प्रयोग नभइ दुरुपयोग बढ्नाले मानिसहरू विभिन्न झमेलामा पर्ने गरेका छन् ।” इन्टरनेटको माध्यमबाट डिजिटल उपकरण चलाउँदा यसको सकारात्मक प्रयोग गर्नुपर्ने घिमिरेले बताए ।
कक्षा ८ देखि १२ सम्म अध्ययनरत ६० विद्यार्थी र सात जना शिक्षकलाई डिजिटल शान्ति निर्माणबारे प्रशिक्षण दिइएको थियो । विद्यालयमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षकहरू सहभागी रहनुभएको विजय सामुदायिक शिक्षा सदनका प्रधानाध्यापक रेखा श्रेष्ठले बताइन् । इन्टरनेटको माध्यमबाट मानिसले लिनसक्ने फाइदा तथा यसबाट हुने बेफाइदाबारे विद्यार्थीलाई बुझाउन प्रशिक्षण महत्त्वपूर्ण भएको उनको भनाइ छ ।
किशोरावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीलाई साइबर सुरक्षा र इन्टरनेटको माध्यमबाट हुने विभिन्न क्रियाकलापका बारेमा बुझाउन प्रशिक्षण फलदायी भएको उनको भनाइ छ । मानिस जानी–नजानी विभिन्न प्रकारको हिंसाको सिकार भइरहेकाले यसबारे विद्यार्थी सचेत भएमा परिवार हुँदै समाज नै सचेत हुनसक्ने प्रधानाध्यापक श्रेष्ठले बताइन् । विजय सामुदायिक शिक्षा सदन र विजय विकास स्रोत केन्द्रसँगको सहकार्यमा गभर्नेन्स इन्टरनेसनल नेपालको आयोेजनामा प्रशिक्षण आयोजना गरिएको हो ।
-रासस
काठमाडौं । केही वर्ष अघिसम्म पैसाको कारोबार हातहात मै गर्ने नेपाली समाज अहिले विस्तारै डिजिटल प्रयोग तर्फ रुपान्तरण भइरहेको छ । हरेक बैंकको आ–आफ्नै अनलाइन बैंकिङ सुविधा, विभिन्न वालेटहरु र पैसा कारोबारको क्यूआर जस्ता सहज र सुलभ सेवाका कारण सहरी पुस्ताले विस्तारै नगदरहित कारोबारलाई अपनाउदै गएका छन् र कोभिड-१९ महामारीका कारण उत्पन्न परिस्थितिले डिजिटल कारोबारलाई […]
डिजिटल प्रविधिमा नेपालले गति लिँदै छ । कार्तिक महिनाको तथ्यांकमात्र हेर्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या डेढ करोडमाथि पुगिसकेको देखिन्छ । एटीएम कार्डको प्रयोगकर्ता कुल ९३ लाख माथि देखिन्छ, र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १२ लाख माथि रहेको देख्न सकिन्छ । देशमा धेरै भूभामा क्यूआर कोड र पीओस मेशिन देखिन्छ । हिजो जस्तो आज नगद नै बोकेर हिँड्नुपर्ने बाध्यता छैन । पेट्रोल पम्पदेखि पसलसम्म नगद कारोबारको विकल्प आइसकेको देखिन्छ ।
बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्याएको छ ।
बैंकबाहेकका क्षेत्रहरूमा पनि डिजिटल प्रविधिको बिगबिगी छ । एउटा दुर्गम भेगमा बसेर प्राथमिक शेयरमा भागेदार हुन सकिन्छ, दोस्रो बजारमा लगानी गर्न सकिन्छ । बीमासम्बन्धी सम्पूर्ण जानकारी र हिसाब बीमाको मोबाइल एप्लिकेशनमार्फत गर्न सकिन्छ । नागरिक लगानीकोषमा जम्मा भएको आफ्नो भागको हिसाब अनलाइन हेर्न सकिन्छ ।
यस परिवर्तनको निमित्त समग्र बैंक तथा वित्तीय संस्था एवम नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायको भूमिका सराहनीय छ । बैंकहरूले अलग्गै विभाग बनाएर डिजिटल यात्रालाई जसरी प्रवद्र्धन गरे त्यसले अर्थतन्त्र विस्तारमा पनि सहयोग पुर्याएको छ । दूर दराजको गाउँमा आज महँगो शुल्क तिरेर रिचार्ज कार्ड किन्नुभन्दा मोबाइल बैंकिङबाट टप अप गर्न थालिएको छ । आफ्नो खाताका बारे सामान्य जानकारी घरमै बसेर लिन सकिन्छ । प्लेनको टिकट किन्न कुनै बिचौलियाको प्रयोग गर्नु नपर्ने अवस्था आइसकेको छ । यी सबले गर्दा समग्र भुक्तानी प्रणाली आधुनिक बन्न थालेको छ ।
बेलायतमा २०२० मा ७६ प्रतिशतले अनलाइन बैंकिङ प्रयोग गरेको तथ्यांक देखिन्छ । स्ट्याटिस्टाको अध्ययनअनुसार सन् २०२४ सम्म एशियाली मुलुकहरूमा अनलाइन र मोबाइल बैंकिङको प्रयोग उच्च रहनेछ । सोही अध्ययनअनुसार हाल करीब विश्वको २ अर्ब जनसंख्याले अनलाइन बैंकिङ प्रयोग गरिरहेको छ । उक्त संख्या बढेर आगामी २०२४ सम्म साढे अर्ब पुग्नेछ । नेपालमा पनि यो गति उच्च छ । यसले नगदरहित कारोबारको सम्भावना बढेको छ ।
तर, बाहिर देखिएको तथ्यांकअनुरूप नेपाल यसका लागि अझै सक्षम भइसकेको छैन । बैंकिङ बानी परिवर्तन गर्नुपर्ने यस समयमा सानो समस्याले पनि आफ्नो नियमित बानी परिवर्तन गर्न आम सर्वसाधारणलाई हौसला चाहिन्छ । तर, प्राविधिक कठिनाइसँग जुध्न अझै नसकेको अवस्था छ । क्यूआरबाट भुक्तानी गर्दा पैसा काट्ने तर सम्बन्धितको खातामा नदेखिने समस्याले गर्दा डर त हुने नै भयो । त्यसै गरी सुरक्षा अर्को महत्त्वपूर्ण पक्ष हो । नेपालको अनलाइन बैंकिङ प्रणालीमा त्यस्तो घोटाला नभए तापनि सोझा सर्वसाधारण ठगिने काम भने भइरहेको छ । नातिले हजुरबुबाको मोबाइल बैंकिङ प्रयोग गरेर अनलाइन गेमको केही सुविधा खरीद गर्ने, गिरोहले खाताको रकम चोर्नेजस्ता सानातिना घटना भने भइरहेका छन् ।
प्राविधिक कठिनाइले गर्दा मर्कामा परेका ग्राहकहरू उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको देखिन्छ । एटीएमले खाताको रकम काट्ने तर भुक्तानी नदिने समस्याले धेरैलाई समस्यामा पारेको छ । अनलाइन रकमान्तर गर्ने क्रममा देखापर्ने प्राविधिक त्रुटिले गर्दा यसप्रति विश्वास घटेको पनि देखिन्छ ।
हामीले जतिसुकै डिजिटल प्रणालीको ब्याख्या गरे पनि आज पनि काठमाडौंमा खानेपानी महसुल भुक्तानी गर्न नगद लिएर काउन्टर नै पुग्नुपर्ने अवस्था छ । आज पनि विभिन्न जिल्लाबाट विद्युत् महसुल भुक्तानी गर्न घण्टांै हिँडेर सदरमुकाममा रहेको प्राधिकरणको कार्यालय नै पुग्नुपर्ने बाध्यता छ । अहिले पनि बसको टिकट काट्न अनलाइनभन्दा भौतिक माध्यम नै प्राथमिकतामा परेको देखिन्छ । यसले हाम्रो डिजिटल कारोबारको वास्तविकता झल्काउँछ ।
समयअनुरूप वित्तीयप्रणाली सुधार हुन आवश्यक छ । त्यसअनुरूपको आवश्यक परिवर्तन आत्मसात् गर्न पनि आवश्यक छ । शुरुआती क्रममा देखिएका त्रुटिहरूलाई क्रमिक रूपमा सुधार गरेर त्रुटिमुक्त सेवा प्रदान गर्दै जानु नै बिकास हो । ढड्डा प्रणालीबाट शुरू भएको बैंकिङ प्रणाली आज रोबोटयुक्त प्रणालीमा पुगिसकेको छ । विकास र परिवर्तन आवश्यक छ । तर, त्यसको निमित्त सबै पक्षको साथ आवश्यक पर्छ । वित्तीय समावेशिताको बहस अनलाइन बैंकिङमा पनि आउन आवश्यक छ । सवारीसाधनको बिल बुक अनलाइन भुक्तानीमार्फत नवीकरण गरिरहँदा किन उपत्यकाकै खानेपानी महसुल भुक्तानी गर्न भौतिक उपस्थिति चाहिने भन्नेबारे जवाफदेहिता बोक्न सक्ने क्षमता सम्बद्ध निकायको हुनुपर्छ । किन सुगम भेगकालाई विद्युत महसुल भुक्तानी गर्न अनलाइन माध्यम उपलब्ध छ र दुर्गम भेगलाई उक्त सुविधा छैन भन्ने जवाफ सम्बद्ध निकायसँग हुन आवश्यक छ । १० वर्ष अगाडि एटीममा रहेको समस्या अझै पनि छ । बैंक मात्र होइन, अझै पनि शेयरबजारमा हुने लीलामी प्रक्रिया अनलाइन मार्फत गर्न सकिँदैन, भौतिक उपस्थिति अनिवार्य रहिआएको छ ।
यदि हामी डिजिटल प्रणालीलाई स्वीकार गरी अगाडि बढ्ने हो भने हामीले गुनासोहरूलाई दृष्टिगत गरेर अगाडि बढ्न आवश्यक छ । सर्वप्रथम वित्तीय साक्षरता अभियानलाई प्रवद्र्धन गर्न आवश्यक छ, जसअन्तर्गत अनलाइन प्रविधिको प्रयोग बुझाउन महत्त्वपूर्ण हुन जान्छ । यससँग आबद्ध जोखिम र स्वाभाविक तरीकाले हुने समस्या र त्यसको निमित्त गर्न सकिने समाधानको बारेमा ज्ञान प्रवाह गर्न आवश्यक छ । जबसम्म सर्वसाधारणले उक्त विषयहरू स्पष्ट रूपमा बुझ्न सक्दैनन्, यसमा निहित जोखिम रही नै रहने हुन्छ ।
हो, हिजोभन्दा हामी अगाडि छौं तर हामीले लिनुपर्ने गति अझै पनि आत्मसात् गर्न सकेका छैनौं । समय अवश्य चाहिन्छ तर अन्य क्षेत्रमा भइसकेको सुधार, समग्र क्षेत्रमा भित्र्याउन समयभन्दा पनि बढी विचार चाहिन्छ, जसको निमित्त सबै पक्ष एकीकृत रूपमा प्रस्तुत हुन आवश्यक छ । त्यसपछि मात्र डिजिटल प्रणालीमा विश्वास जाग्नेछ, सहभागिता सुनिश्चित हुने छ र नगदरहित अर्थतन्त्रमा हामी फड्को मार्न सक्नेछौं ।
रेग्मी बैंकर हुन् ।
वन ९७ कम्युनिकेशनका मालिक विजय शेखर शर्माले सन् २०१० को अगस्तमा भारतको राजधानी दिल्लीमा विद्युतीय माध्यमका उपकरणबाट भुक्तानी तथा ट्रान्सफरको कारोबार सञ्चालन गरी नगद कारोबारलाई कम गराउने उद्देश्यबाट पेटीएम प्रालि २ मिलियन अमेरिकी डलरको लगानीमा स्थापना गरेका थिए । कम्पनीले छोटो समयमा गरेको प्रगति र नेपालमा सोही प्रकृतिको कार्य गर्न केन्द्रीय बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक संस्थाहरूको उद्देश्य, चुक्ता पूँजी, सञ्चालित उपकरण, सेवा विस्तार रणनीति र पहुँच वृद्धिमा गरिएका कार्यहरूको तुलनात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ ।
इन्टनेटको पहुँचविना अफलाइन पनि कारोबार गर्न सकिन्छ । खुद्रा व्यवसायीले वालेट रजिस्टर्ड गरी भुक्तानीका लागि क्यूआर, बारकोड अथवा ओटीपीको प्रयोग गर्न सक्छन् ।
विद्युतीय माध्यमबाट गरिने कारोबार विस्तारको लागि कम्पनीले स्थापनाकालदेखि बजार पहुँच विस्तृत रणनीतिक योजना बमोजिम विभिन्न उपकरणहरू सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण, मर्चेन्ट सम्पर्क, नियमनकारी निकायहरूसँगको सम्बन्ध, पहुँच वृद्धिका उपायहरू, लगानीको श्रोत, विद्युतीय माध्यमबाट गरिने कारोबार शिक्षा कार्यक्रम र बजार विस्तार योजना तयार गरी सन् २०१३ मा डीटीएच रिचार्ज प्लाटफर्म, डाटा कार्ड र ल्यान्डलाइन फोनको बिल भुक्तानी गर्ने प्रविधि शुरू गर्यो । सन् २०१४ मा पेटीएम वालेट शुरू गरी सर्वप्रथम भारतीय रेल सेवाको टिकट किन्न सकिने प्रावधान शुरू गरिएको थियो । जुन भारतमा अत्यधिक मानिसले प्रयोग गर्ने परिवहन साधन मानिन्छ । वालेटबाट प्रथम चरणमा रेलसेवाको टिकट किन्न सक्ने सुविधा प्रदान गर्नुको अर्थ धेरै मानिसको सम्पर्क, ठूलो रकमको कारोबार, देशभरिको क्षेत्र समावेश हुनु तथा आर्थिक कारोबारबाट मुनाफा वृद्धि गर्न सहज हुनु हो । वालेटमा अनलाइन बैंकिङ, डेविट, क्रेडिट कार्ड र तोकिएका बैंकहरूबाट सीधै नगद जम्मा गरी रिचार्ज, टपअप, मेट्रो कार्ड, डीटीएच केवल, डाटा कार्ड, इन्टरनेट, मोबाइल, विद्युत्, पानी, ग्यास तथा अन्य विभिन्न क्षेत्रको सेवा उपभोग गरेबापत बिलबमोजिमको रकम भुक्तानी गर्न सकिन्छ । यसअतिरिक्त विद्युतीय व्यापार प्लाटफर्म प्रयोग गरी अधिकांश मर्चेन्टहरूसँगको कारोबारको भुक्तानी गर्न सकिने गरी वालेटको स्तरोन्नति गरिएको छ ।
कम्पनीले दोस्रो चरणमा इलेक्ट्रोनिक व्यापार प्लाटफर्मलाई प्राथमिकतामा राखी सन् २०१५ मा सञ्चालन गरिएको यस पोर्टलबाट बस टिकट, शिक्षा, स्वास्थ्य, मेट्रो रिचार्ज, विद्युत र ग्यासको बिलबमोजिमको रकम भुक्तानी गर्ने तथा सन् २०१६ मा फिल्म, संग्राहालय र हवाई टिकट किन्न सकिने सुविधा थप गर्नुका अतिरिक्त क्यूआर कोड (क्वीक्स रेस्पोन्स) र गिफ्ट कार्डको कारोबार शुरू गरेको थियो ।
पेटीएम वालेटबाट कारोबार गर्न आवश्यक रकम बैंक खाता, कार्ड, एजेन्ट वा सोझै बैंक काउन्टरमा जम्मा गर्न सकिन्छ । सरल केवाईसीबाट मासिक रू. १० हजार र त्यसभन्दा बढी कारोबार गर्न पूर्ण केवाईसी पालना गर्नुपर्ने प्रावधान अनिवार्य गरिएको छ । पूर्ण केवाईसी भएमा मासिक कारोबारको सीमा वृद्धि गरी १ लाख वा अधिकतम ५ लाखसम्म वृद्धि गर्न सकिने सीमा कायम गरिएको छ । ईमेल वा मोबाइल नम्बरको आधारमा वालेट रजिस्टर्ड गर्न सकिन्छ । क्यूआर कोडबाट भुक्तानी वा एक वालेटबाट अर्को वालेटमा कारोबार गर्न सकिने गरी वालेटका आईकनहरूलाई सरलीकृतरूपमा विकास गरिएको छ ।
इन्टनेटको पहुँचविना अफलाइन पनि कारोबार गर्न सकिन्छ । खुद्रा व्यवसायीले वालेट रजिस्टर्ड गरी भुक्तानीका लागि क्यूआर, बारकोड अथवा ओटीपीको प्रयोग गर्न सक्छन् । कारोबार गर्न एप्लिकेशन खुला गर्ने र भुक्तानी वा पठाउ मार्ग छनोट गरी भुक्तानीको माध्यमबाट कोर्ड स्क्यान गरी प्रमाणीकरणको आधारमा अफलाइन भुक्तानी गर्न सकिने विकल्प कम्पनीले प्रदान गरेको छ ।
पेटीएम वालेटलाई सुरक्षाको दृष्टिकोणबाट जोखिमरहित मानी भारतीय रिजर्व बंैकले सुरक्षित स्वीकृति प्रदान गरिदिएकाले ग्राहकहरूलाई विश्वस्त हुन सहज भएको छ । यो वालेट १२८ विट एप्लिकेशन प्रविधिमा निर्माण गरी वालेट सञ्चालन गर्ने प्लाटफर्महरू पीसीआई डीएसएस २.० भर्सनमा प्रमाणित भएको हुँदा कारोबार विस्तारमा कम्पनीलाई सहज भएको देखिन्छ ।
मुलुकमा बसोवास गर्ने मानिसहरूले मातृभाषाको रूपमा प्रयोग गर्ने विभिन्न भाषाहरू प्रचलनमा रहेकाले आधुनिक प्रविधिमार्फत वित्तीय कारोबारको सेवा प्रवाह गरिरहेको पेटीएमले जनताको आंकाक्षाको पूर्ण सम्मान गर्दै ११ भाषामा कारोबार गर्न सकिने गरी एप्लिकेशनलाई स्तरवृद्धि गरी यसलाई निरन्तरता दिइरहेको छ ।
आधुनिक विद्युतीय माध्यमबाट गरिने कारोबार सहज र सुरक्षित रूपमा सञ्चालन गर्न धेरै लगानी गर्नुपर्छ । तर, यसलाई कम आम्दानी हुने व्यावसायका रूपमा लिइन्छ । सतहीरूपमा कारोबार गर्न सहज हुने तर भित्री व्यवस्थापन कठिन र खर्चिलो हुँदा उक्त कम्पनीमा स्वदेशी र विदेशी गरी सात समूह÷कम्पनीको लगानी रहेकाले प्रविधिको स्तरवृद्धि, सेवा विस्तार, उपकरण थप र पहुँच वृद्धिमा लगानी अभाव भएको देखिँदैन । एक दशकअघि स्थापित कम्पनीको सम्पत्ति सन् २०२१ मा आइपुग्दा २५ विलियन अमेरिकी डलर मूल्याङ्कन गरिएको छ । तर, सन् २०२० मा कम्पनी १७ विलियन नोक्सानीमा रहेको तथ्याङ्क प्रकाशन गरिएको छ ।
नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको तथ्याङ्कबाट प्रतिमहीना औसत २ दशमलव २९ विलियन विद्युतीय माध्यमबाट कारोबार हुँदा १ दशमलव २९ विलियन पेटीएममार्फत भएको देखिन्छ । सन् २०२१ सम्म २१ मिलियन मर्चेन्टहरू पेटीएम कम्पनीसँग आबद्ध रही ३३३ मिलियन ग्राहकले यस कम्पनीका उपकरणहरूको प्रयोग गरिरहेका छन् । यसबाट स्थापनाको छोटो समयमा भारतमा विद्युतीय माध्यमबाट गरिने कारोबारमा उल्लेख्य भूमिका रहेको तथा कम्पनीको प्रगतिको लागि नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया र केन्द्रीय बैंकको सहयोग प्रमुख कारण मानिएको छ ।
नेपालमा वालेटमार्फत गरिने कारोबार भर्खरै मात्र शुरू भएको भुक्तानी प्रणाली हो । बैंकले पछिल्लो समयमा विद्युतीय माध्यमबाट गरिने कारोबारलाई गैरबैंकिङ क्षेत्रबाट समेत सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी सञ्चालन स्वीकृति प्रदान गरेको छ । अनुमति नीतिको अनुसूची ९ र १० मा सस्थापक÷सञ्चालक र प्रमुख कार्यकारी अधिकृतका लागि योग्यताको परिक्षण सूची यकिन गरिएको छ । उक्त सूची अनुमति प्रदान गर्ने प्रयोजनका लागि मात्र उपयुक्त देखियो । योग्यता परीक्षण सूचीबाट व्यावसाय विस्तारसम्बन्धी योजना तयार गरी कारोबार वृद्धि गर्न भुक्तानी सेवाप्रदायक संस्थाहरू सफल भएको देखिँदैन । अनुमतिप्राप्त केही संस्था केन्द्रीय बंैकले अख्तियार गरेको नीतिअनुरूप कारोबार विस्तार गर्न सफल देखिएका छन् । तर, अधिकांश संस्था शुरुआत विन्दुमा नै अलमलिइरहेका छन् ।
एक दशकको अवधिमा भारतमा पेटीएम कम्पनीले कारोबारको पहुँच वृद्धिमा गरेको प्रयासलाई नेपालका भुक्तानी सेवाप्रदायकहरूले अनुसरण गर्दा सेवा विस्तारमा सहयोग पुग्नेछ । तर, भुक्तानी सेवाप्रदायक संस्थाहरूले उपर्युक्त किसिमको व्यावसायिक निरन्तरता योजना र बजार विस्तार रणनीति तर्जुमा गरेको देखिँदैन । कुन उपकरणबाट कारोबार शुरू गर्ने र कति पूर्वाधार तयार भएपछि अन्य उपकरणहरू थप गर्दै जाने स्पष्ट योजनाविना कार्यहरू भइरहेका छन् । बैंकले अनुमति प्रदान गर्ने समयमा संस्थाले तयार गरेका कागजी योजनाले मात्र प्रतिस्पर्धात्मक बजार विस्तार हुन सक्दैन । बैंकले सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई स्पष्ट लक्ष्य र उद्देश्यसहितको व्यावसायिक निरन्तरता योजना र बजार पहुँच रणनीति पेश गर्न लगाई कार्य अगाडि बढाउन उपयुक्त हुने देखिन्छ । कम लगानीमा स्थापना भएका संस्थाहरूले कम्पनीको उद्देश्यअनुरूप कार्य गर्न नसक्ने देखिएकाले पूँजी वृद्धि अनिवार्य हुन्छ । सञ्चालक/प्रमुख कार्यकारी अधिकृतको लागि नयाँ योग्यता परीक्षण मापदण्ड तयार गरी सोही क्षमताको आधारमा कारोबार र बजार विस्तार रणनीति तयार गरी दूरदराजसम्म सेवा विस्तार भएमा बैंकले अख्तियार गरेको नीति सफल भएको मानिनेछ ।
लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार व्यक्ति हुन् ।
विराटनगर (अस) । कोरोना महामारीको जोखिम न्यूनीकरण मोरङ जिल्लाभर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्था जेठ ११ गतेसम्मलाई बन्द गर्ने निर्णय राष्ट्र बैंकको प्रदेश १ कार्यालयले गरेको छ । मोरङमा वैशाख १८ गतेबाट निषेधाज्ञा छ ।
राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहबमोजिम अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सवै बैंकिङ क्रियाकलाप बन्द गर्न जिल्लाभर सञ्चालित बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको छ ।
बैंक तथा वित्तीय संस्थासँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटीएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न आग्रह गरिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने अनलाइन सेवा तथा मोबाइल बैंकिङ कारोबारमा शुल्क लिँदै आएका छन् । अघिल्लो कारोनाको लहरका बेला भने अनलाइन र एटीएम सेवा निःशुल्क थियो ।
राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समय बैंक तथा वित्तीय संस्थालाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नअसुल्न निर्देशन दिएको थियो । यस पटक भने अनलाइन कारोबारमा शुल्क लिन छुट दिएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाइ गर्दै आए पनि यसअघि बैंक तथा वित्तीय संस्थाहरू भने आलोपालो गरेर खुल्दै आएका थिए ।