औषधि लिमिटेडले सञ्चालनमा ल्यायो हेमोडाइलाइसिस उपकरण

नेपाल औषधि लिमिटेडले हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । आज आयोजित एक कार्यक्रममा तीन वटै सेवाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका हुन् ।उनले नेपाल औषधि लिमिटेडले सञ्चालनमा ल्याएको हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन उपकरण र सूक्ष्म—जैविक शाखाको एयर ह्यान्डिलिङ युनिट कुशल उत्पादन अभ्याससहित आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । मन्त्री बडूले मृतप्रायः अवस्थामा र

सम्बन्धित सामग्री

जिएमएसले ल्यायो माइन्डरेका नयाँ अल्ट्रासाउन्ड

स्वास्थ्य उपकरण तथा सामग्री उत्पादक कम्पनी माइन्डरेका नयाँ उत्पादन अल्ट्रासोनोग्राफी अर्थात अल्ट्रासाउन्ड उपकरणहरु नेपाल भित्रिएको छ।

हुन्डाइ कन्स्ट्रक्सनले ल्यायो ‘स्मार्ट प्रमिस अफर, सुपथ मूल्यमै हेभि एक्जाभेटर

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ । ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रूपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन् । यसअघि ३६१ घण्टादेखि बढिमा २९५० घण्टास

हराएको ११ लाखको उपकरण भेटियो, कर्मचारी भन्छन् – कसले ल्यायो थाहा छैन

३० चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको संघीय सरकार मातहतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट हराएको ११ लाख रुपैयाँको उपकरण एकाएक भेटिएको छ । तर उपकरण कहाँबाट कसरी फेला पर्‍यो ? भन्ने कुरा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताउन अस्वीकार गरेको छ । ‘मंगलबार कार्यालयमै आएर एक जना अपरिचित व्यक्तिले हराएको वाटर क्वालिटी टेस्टिङ […]

कोशी अस्पतालले सञ्चालनमा ल्यायो बायो ग्यास प्लान्ट

विराटनगर । अस्पतालबाट निस्कने प्रयोग गर्न मिल्ने फोहोर व्यवस्थापन गर्दै विराटनगरस्थित कोशी अस्पतालले बायो ग्यास उत्पादन शुरू गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्दै अस्पतालले बायो ग्यास प्लान्ट सञ्चालनमा ल्याएको हो । अस्पताल परिसरभित्र छुट्टै व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले बायो ग्यास उत्पादन शुरू गरिएको अस्पतालकी फोहोरमैला व्यवस्थापन संयोजक नर्सिङ अधिकृत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने विभिन्न प्रकारको फोहोर प्रशोधन गरेर बायो ग्यास उत्पादन थालिएको उनले बताइन् । ‘अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले भण्डारण गरी राख्ने गरिएको छ । त्यसैबाट बायो ग्यास बनाउन शुरू गरिएको हो,’ संयोजक सुवेदीले भनिन् । अस्पतालको उत्तरपट्टीको खाली जमिनमा बायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहोर प्रशोधन गर्ने आउटलेट ६ घनमिटर क्षमताको छ । अस्पतालले निकालेको बायो ग्यास प्रयोग गरी उपकरण र औजारको निर्मलीकरण गर्ने तयारी शुरू गरिएको उनले बताइन् । ‘बायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई प्रयोग गर्ने औजारको निर्मलीकरण यही बायो ग्यासको प्रयोगबाट गर्ने तयारी छ,’ उनले भनिन्, ‘त्यसका लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ छुट्टै एउटा घर निर्माण गरी उपकरणको निर्मलीकरणका साथै अन्य विभिन्न काम पनि गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘यसअघि अस्पतालबाट निस्किने फोहोर जथाभावी फाल्ने गरिएको थियो । बायो ग्यास प्लान्टको तयारी गरेपछि फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन,’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरी बायो ग्यास उत्पादन शुरू गरेका छौं ।’ अस्पतालको पाँच लाख र ऊर्जा मन्त्रालयको ५ लाख लागत साझेदारीमा उक्त बायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।

केएमसीले अत्याधुनिक सुविधासहित सञ्चालनमा ल्यायो नेपालकै ठूलो एनआईसीयू

भदौ ३०, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।  नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो । ४० शय्याको नवजात शिशु सघन उपचार कक्ष र १० शय्याको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरुको उपचारका लागि ५० शय्याको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।  ‘नेपालमा अहिलेसम्म प्रयोग नभएका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याएर बालबालिकाहरुको उपचारका लागि मूलुककै ठूलो सघन उपचार कक्ष सञ्चालन गरेका छौं,’ डा शर्माले भने, ‘यसले नवजात शिशु र बालबालिकाहरुको उपचारमा निकै सहज हुनेछ ।’ उमेर नपुग्दै जन्मिएको शिशुलाई आमाको गर्भ जस्तै अवस्थामा राख्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेशिन र १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्यान्शी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण केएमसीले प्रयोगमा ल्याएको छ ।  यी दुवै मेशिन नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको अस्पतालका बालरोग विभाग प्रमुख प्रा.डा.सुनिल राजा मानन्धरको दाबी छ । उनका अनुसार उमेर नपुग्दै जन्मिएका २६ हप्तादेखि २८ हप्तासम्मको नवजात शिशुलाई यो उपकरणको प्रयोग गरेर बचाउन सकिन्छ । केएमसीले प्रयोगमा ल्याएका अत्याधुनिक उपकरणले नवजात शिशु र बाल मृत्युदर कम गर्न सघाउ पुग्ने केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘अत्याधुनिक उपकरणसहित नेपालकै सबैभन्दा ठूलो ४० बेडको एनआईसीयू केएमसीले सञ्चालनमा ल्याएको छ, यती ठूलो एनआईसीयू नेपालमा अन्त छैन । यसले नवजात शिशु तथा बाल मृत्यदर घटाउन सघाउ पुर्‍याउँछ ।’  केएमसीले यसअघि २५ शय्याको नवजात शिशु सघन उपचार कक्ष र ५ शय्याको बालरोग सघन उपचार कक्ष सञ्चालन गर्दै आएको थियो । शय्या विस्तार गरेर अत्याधुनिक उपकरण प्रयोगमा ल्याई केएमसीले बालवालिकाको सघन उपचार कक्षलाई नेपालकै अब्बल बनाएको हो ।

हुवावेईले ल्यायो फाइभजी बिनाको स्मार्टफोन

साउन १५, पेचिङ (चीन) । चिनियाँ दूरसञ्चार उपकरण तथा स्मार्टफोन निर्माता कम्पनी हुवावेईले बिहीवार नयाँ पी५० स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनी अमेरिकी प्रतिबन्ध र विश्वव्यापी चिप अभावको अवस्थाबीच संघर्षरत रहँदा ल्याइएको यस फोनमा फाइभजी इन्टरनेट चल्दैन । कम्पनीले पी५० र पी५० प्रो गरी दुई ओटा मोडल विक्रीका लागि ल्याउँदैछ ।  हुवावेईको पी सिरिजका फोन उत्कृष्ट क्यामरा प्रविधिका लागि परिचित छ । पी५० मा मुख्य क्यामरा मोडयूलमा तीन ओटा लेन्स छ । तर दुवै फोनमा फाइभजी नेटवर्क चल्दैन, क्वालकमको फोरजी चिपसेट छ ।  पी५० को मूल्य ४ हजार ४८८ युआन (६९५ अमेरिकी डलर) राखिएको छ । पी५० प्रोको मूल्य ५ हजार ९८८ युआन (९२७ अमेरिकी डलर)देखि शुरु छ । दुवै फोनमा हुवावेईको नयाँ अपरेटिङ सिष्टम हार्मोनी ओएस छ । एजेन्सी

पन्ध्र वर्षअघि कसरी छुटेको थियो एयर डायनेष्टी हेलिकप्टरको अवशेष धौलागिरिमा?

महत्वपूर्ण केही उपकरण हेलिकप्टरबाट झिकेर काठमाडौं ल्यायो। तर, अवशेष त्यहीँ छोडिदियो। त्यही अवशेष सेनाले फेला पार्दा नजिकै दुई वटा शव पनि फेला परेका थिए। ती शव दुर्घटनासँग सम्बन्धित छैनन्।

स्मार्टफोन कम्पनी हुवावेले ल्यायो विद्युतीय कार

एजेन्सी। विद्युतीय उपकरण तथा स्मार्टफोन उत्पादक कम्पनी हुवावेले आफ्नो पहिलो इलेक्ट्रोनिक एसयूभी (कार) हुवावे एसएफफाइभ बजारमा ल्याएको छ। संसारमै विद्युतीय कारको माग बढ्दै गइरहेको अवस्थामा हुवावेले साइरस कम्पनीसँग मिलेर सो कार बनाएको हो र त्यसलाई ‘एसईआरईएस’ ब्रान्डअन्तर्गत बिक्री गरिनेछ। अहिले चिनियाँ बजारमा उपलब्ध उक्त कार बिस्तारै अन्यत्र लैजाने कम्पनीको योजना छ।