हुन्डाइ कन्स्ट्रक्सनले ल्यायो ‘स्मार्ट प्रमिस अफर, सुपथ मूल्यमै हेभि एक्जाभेटर

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ । ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् । नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रूपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन् । यसअघि ३६१ घण्टादेखि बढिमा २९५० घण्टास