हुवावेईले ल्यायो फाइभजी बिनाको स्मार्टफोन

साउन १५, पेचिङ (चीन) । चिनियाँ दूरसञ्चार उपकरण तथा स्मार्टफोन निर्माता कम्पनी हुवावेईले बिहीवार नयाँ पी५० स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनी अमेरिकी प्रतिबन्ध र विश्वव्यापी चिप अभावको अवस्थाबीच संघर्षरत रहँदा ल्याइएको यस फोनमा फाइभजी इन्टरनेट चल्दैन । कम्पनीले पी५० र पी५० प्रो गरी दुई ओटा मोडल विक्रीका लागि ल्याउँदैछ ।  हुवावेईको पी सिरिजका फोन उत्कृष्ट क्यामरा प्रविधिका लागि परिचित छ । पी५० मा मुख्य क्यामरा मोडयूलमा तीन ओटा लेन्स छ । तर दुवै फोनमा फाइभजी नेटवर्क चल्दैन, क्वालकमको फोरजी चिपसेट छ ।  पी५० को मूल्य ४ हजार ४८८ युआन (६९५ अमेरिकी डलर) राखिएको छ । पी५० प्रोको मूल्य ५ हजार ९८८ युआन (९२७ अमेरिकी डलर)देखि शुरु छ । दुवै फोनमा हुवावेईको नयाँ अपरेटिङ सिष्टम हार्मोनी ओएस छ । एजेन्सी

सम्बन्धित सामग्री

भिभोको नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । लोकप्रिय टेक्नोलोजी ब्राण्ड भिभोले नयाँ स्मार्टफोन भी– २९ फाइभजी सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भी सिरिज अन्तर्गतको फाइभ जी मोबाइल सार्वजनिक गरिएको हो । भिवो–२९ मा अत्याधुनिक क्यामेरा रहेको छ भने १२० हर्ज थ्री डी कर्भ स्क्रिनको विशेषता छ । फाइभजी डिजाइन, ५० एमपी एचडी अटोफोकस क्यामेराका साथै स्मार्ट औरालाईट […]

२०० मेगापिक्सेल क्यामेरासहित अनर ९० फाइभजी विश्वव्यापी रूपमा सार्वजनिक हुँदै

२०० मेगापिक्सेल क्यामेरा र ५१२ जीबी इन्टर्नल स्टोरेज भएको शक्तिशाली अनर ९० फाइभजी स्मार्टफोन १४ सेप्टेम्बर अर्थात आज साँझ सार्वजनिक हुँदैछ ।  कम्पनीले चीनमा यो फोन पहिले नै सार्वजनिक गरिसकेको थियो । यो फोन यस वर्षको मे महिनामा पहिलो पटक चीनमा सार्वजनिक भएको थियो र आज विश्वव्यापी रूपमा सार्वजनिक हुँदैछ ।  अनर ९० फाइभजी लन्च हुनुअघि नै यसका केही...

भिभो वाई ७८ फाइभजी स्मार्टफोन सार्वजनिक

भिभो वाई ७८ फाइभजी सार्वजनिक भएको छ । कम्पनीले सिंगापुरमा उक्त स्मार्टफोन सिंगापुरमा सार्वजनिक गरेको हो ।  फोन यस महिनाको सुरुमा चीनमा लन्च गरिएको थियो र विस्तारै यो विश्वव्यापी रुपमा सार्वजनिक गरिनेछ । चीनमा भिभो वाइ ७८ फाइभ जी डाइमेन्सिटी ९३० एसओसी प्रोसेसरको साथ आउँछ, जबकि ग्लोबल भेरियन्ट स्नापड्रागन ६९५ एसओसी चिपसेटको साथ आउँनेछ । चिनियाँ भेरियन्ट ओएलईडी...

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा लन्च, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ । ५००० एमएएच को शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यसमा सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५०...

रियलमी नाइनआई फाइभजी नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ गिगाहर्जको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा फाइभजी नेटवर्कको डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।५००० एमएएच को शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यसमा सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५० एमपिको एआई  ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक र्‍याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा

नेपालमा भिभोका भी२३ फाइभजी, वाई३३एस र वाई०१ सार्वजनिक

नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले भिभोले निर्माण गरेको भी२३ फाइभजी, वाई३३एस र वाई०१ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको हो ।

रङ परिवर्तन हुने स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । भि २३ फाइभजी चाडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध कम्पनीले जनाएको छ ।  भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउने जनाइएको छ ।   समाचारअनुसार भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र...

सस्तो फाइभजी फोन पोको एमथ्री प्रो नेपालमा, कति होला मूल्य ?

नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । पोकोले सस्तो फाइभजी फोन नेपालमा सार्वजनिक गरेको हो ।  ९० हर्ज रिफ्रेस रेटसहित पोको एमथ्री प्रोमा ६.५ इन्च फुल एचडी प्लस डट डिस्प्ले रहेको छ । यसमा मिडियाको टेकको डायमेन्सिटी ७०० फाइभजी प्रोसेसर राखिएको छ ।  नेपालमा उपलब्ध पोको एमथ्री प्रोमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको छ । यसमा एन्ड्रोइड ११ मा आधारित...