मेडिकल कलेजको असुलीमा आयोग मूकदर्शक

काठमाडौं । मेडिकल कलेजहरूले २० लाख रुपैयाँसम्म बढी रकम मागिरहे पनि चिकित्सा शिक्षा आयोग मूकदर्शक बनिरहेको छ। आयोगले सम्बन्धन खारेज गर्न सम्बन्धित विश्वविद्यालयलाई लेखी पठाउने अधिकार पाएको छ। यससम्बन्धी व्यवस्था राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १४ ले गरेको छ। तर, अवैध ढंगले रकम लिइरहेका कलेजविरुद्ध आयोगले कारबाही प्रक्रिया नै अघि बढाएको छैन। पीडित विद्यार्थीले काठमाडौं […]

सम्बन्धित सामग्री

कहाँ पुग्यो डडेल्धुरा मेडिकल कलेजको काम?

मन्त्रिपरिषद्को उक्त निर्णयपछिका १५ महिना वितिसक्दा पनि मेडिकल कलेज स्थापनाका विषयमा के काम भइरहेको छ त? कहाँ पुगेको छ मेडिकल कलेजको काम?

गेटामा निर्देशक खटिए, मेडिकल कलेज सञ्चालनमा सरकारी चासाे

धनगढी : संघीय मन्त्रिपरिषद् बैठकले गत चैतमा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनका लागि अस्पताल निर्देशक तोक्ने निर्णय गरेको थियो।सोही निर्णयका आधारमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर प्रमोद जोशीलाई मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा सरुवा गरेको छ।संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण थालेका संरचनामा उपकरण जडान, जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि जोशीलाई निर्देशकको जिम्मेवारी दिइएको हो। मेडिकल कलेज पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले उक्त सम

उपेक्षामा गेटा मेडिकल कलेज, वारपारको लडाइँमा सुदूपश्चिमका जनता

अत्तरिया- सुदूरपश्चिममा पहिलो पटक ३५ वर्ष पहिले मेडिकल कलेज बनाउने काम अगाडि बढेको थियो। २०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै जग्गा किनेर काम अगाडि बढाएका थिए। त्यसपछि लामो समयसम्म गेटा मेडिकल कलेजको काम अगाडि बढेन। २०४४ सालमा मेडिकल कलेज बनाउने भन्दै जग्गा किनेका शंकाराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना […]

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन

धनगढी-नेपाल सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नसमेटिएको भन्दै कैलालीमा आन्दोलन चर्किएको छ । संघीय संसद्मा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सो कलेजको विषय नपरेपछि जिल्लामा नागरिकहरुले आन्दोलन गर्न थालेका छन् ।गोदावरी नगरपालिकामा गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै बुधबार आधा घण्टा चक्काजाम गर्नुका […]

डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन

डडेल्धुरा : डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम अगाडि बढेको छ। नेपाल सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै प्रारम्भिक अनुगमन टोलीले शुक्रबार स्थलगत रूपमा निरीक्षण गरेको हो।सुदूरपश्चि विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन महाशाखा प्रमुख अशोकसिंह भण्डारीसहितको टोलीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिन डडेल्धुरा पुगेको डडेल्धुरा अस्पताल

वन फडानी गरी मेडिकल कलेज नबनाउन सर्वोच्चको आदेश

महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको स्थापना गर्नका लागि आन्तरिक तयारी भइरहेका बेला संघीय सरकारको योजना असफल भएको छ । सर्वोच्च अदालतले वन अतिक्रमण गरी बर्दिवास मेडिकल कलेज स्थापना नगर्न अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा बर्दिवास मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर देवनारायण मण्डलले

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो।

जग्गा पहिचानमै अल्झियो सुर्खेत मेडिकल कलेज

सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण गर्न कार्यालय नै स्थापना गरेको तीन वर्ष भयो । तर आयोजना भने जग्गा पहिचानमै अल्झिएको छ ।मेडिकल कलेजको पूर्वाधार विकासका लागि २०७६ जेठमा वीरेन्द्रनगरमा ‘सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास कार्यालय’ स्थापना भएको थियो । कार्यालय स्थापना भएको तीन वर्ष बिते पनि अझैसम्म मेडिकल कलेज कहाँ बनाउने भन्ने टुँगो […]

३५० करोडमा किने सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज

काठमाडौं, साउन ८ । काठमाडौं मेडिकल कलेज किनेको झन्डै ११ महीनापछि डा।सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेजको ५१ प्रतिशत शेयर लिएका छन् । बैंकको ऋणसमेत गरी ३५० करोडमा उनले यसको शेयर किनेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजसहित शर्मासँग अब तीनओटा मेडिकल कलेज छन् भने काठमाडौंमा नै पिपुल्स डेन्टल कलेज सञ्चालनमा छ । शर्माले भदौमा केएमसीको […]

मेडिकल कलेज निर्माण योजना अलपत्र

महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको निर्माण कार्य प्रभावित भएको छ । जग्गा प्राप्ति सम्बन्धमा अन्योल भएसँगै मेडिकल कलेज निर्माण योजना अलपत्र बनेको हो ।नेपाल सरकारले बर्दिवासमा मेडिकल कलेज निर्माण गर्ने निर्णय गरेको ४ वर्षपछि पनि जग्गा प्राप्तिसम्बन्धी अन्योल अन्त्य भएको छैन ।०७५ साल मंसिर २० मा मेडिकल कलेज निर्माण प्रक्रिया अगाडि बढाउन बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना स्थापना गरे पनि खासै प्रगति हासिल नभएको आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले जानका