महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको निर्माण कार्य प्रभावित भएको छ । जग्गा प्राप्ति सम्बन्धमा अन्योल भएसँगै मेडिकल कलेज निर्माण योजना अलपत्र बनेको हो ।नेपाल सरकारले बर्दिवासमा मेडिकल कलेज निर्माण गर्ने निर्णय गरेको ४ वर्षपछि पनि जग्गा प्राप्तिसम्बन्धी अन्योल अन्त्य भएको छैन ।०७५ साल मंसिर २० मा मेडिकल कलेज निर्माण प्रक्रिया अगाडि बढाउन बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना स्थापना गरे पनि खासै प्रगति हासिल नभएको आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले जानका