बूढानिलकण्ठमा आइसोलेसन सञ्‍चालन

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शैय्याको आइसोलेसन सञ्‍चालनमा आएको छ। सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेसन सञ्‍चालन गरिएको थियो। बूढानिलकण्ठ-१० स्थित डिठ्ठाचौर, बालुवाखानीमा पनि १५ शैय्याको आइसोलेसन आइतबारदेखि सञ्‍चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले बताए। रासस

सम्बन्धित सामग्री

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार

जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार पारिएको छ।...

गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

ओखलढुंगा। जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन्। जिल्लाको सुनकोशी, मोलुङ र खिजीदेम्बा गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार गरेको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए। रासस

आयुर्वेद चिकित्सालय नरदेवीमा आइसोलेसन

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड–१९ का बिरामीलाई उपचार गर्नका लागि ५० शैय्याको आइसोलेसन स्थापना गरिएको हो । आइसोलेसन शनिबारदेखि सञ्चालनमा आएको निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसोलेसनमा कोभिड–१९ संक्रमित बिरामीका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रश्वास एक्सरसाइज र विभिन्न […]

चिकित्सक संघको आइसोलेसन सञ्चालनमा

नेपाल चिकित्सक संघको पहलमा काठमाडौंको कमलपोखरीमा एक सय शैय्याको आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र ओम आदि फाउन्डेसनले संयुक्तरूपमा कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय शैय्याको आइसोलेसन सेन्टर बनाएका हुन् । चिकित्सक संघले आइसोलेसन अथवा क्वारेन्टाइनको आवश्यकता परेमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । यसको अलावा कोभिड–१९ का विरुद्ध […]

महानगरद्वारा आइसोलेसन केन्द्र सञ्चालन

कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले छुट्टै सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।दिनानुदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि उपचारमा सहजताका निम्ति महानगरपालिकाले आइसोलेसन केन्द्रहरू विस्तार गर्दै लगेको छ । पछिल्लो समय महानगरले वडा नम्बर १ ट्टाचोकमा रहेको आरआर एन भवनमा ५१ […]

सल्यानका सबै तहमा अक्सिजनसहितको आइसोलेसन

सल्यान : नयाँ भेरियन्टसहितको कोरोना भाइरस महामारीको दोस्रो लहर बढ्दै जान थालेपछि सल्यानका सबै स्थानीय तहहरुले अक्सिजनसहितको आइसोलेसन निर्माण सुरु गरेका छन्। कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लाका दशवटै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन निर्माणलाई तिव्रता दिएका हुन्।शारदा नगरपालिकाले नेपाली सेना र जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा जिल्ला अस्पताल सल्यानमा २० शय्याको अस्थायी आइसोलेसन निर्माण गरिरहेको छ। जतिसक्यो छिटो काम सक्ने गरी नेपाली सेनाले आइसोलेसन निर्माण गरिगरेको नगरप्रमुख सुरेश

आइसोलेसन बने तर अक्सिजन छैन

जिल्लामा कोरोना संक्रमण रोकथामका लागि ढिला गरी तातेका स्थानीय तहहरूले बिरामीको उपचारलाई प्राथमिकता दिएका छन्। फलतः बिरामीहरूको उपचारका लागि आइसोलेसन निर्माण भए। तर आइसोलेसन निर्माण गरिए पनि अक्सिजन अभावमा बिरामीको उपचार भने गर्न सकिएको छैन।...

बागलुङका पत्रकारको आफ्नै आइसोलेसन

कोरोना सक्रमणको दर बढ्दै जान थालेपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । फ्रन्टलाइनमा खटिने पत्रकारहरूमा कोरोनाको उच्च जोखिम महसुस गरेर महासंघले १० बेडको आइसोलेसन कक्ष निर्माण गरेको हो । ।आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको महासंघका शाखा अध्यक्ष नरेश कँडेलले बताए । फ्रन्टलाइनमा खटिने […]

चितवनमा आइसोलेसन थप्ने तयारी

चितवनमा छिटै ३ सय २० वेडको आइसोलेसन तयार गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को सोमबार साँझ बसेको बैठकले भरतपुर महानगरमा कम्तिमा २ सय र अन्य हरेक स्थानीय तहमा २० बेड आइसोलेसन वार्ड तयार गर्ने निर्णय गरेको छ ।चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जतिसक्दो छिटो आइसोलेसन वार्ड तयार गर्न स्थानीय […]

डोटीमा १२ शय्याको आइसोलेसन स्थापना

जिल्ला अस्पतालमा १२ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले आइसोलेसन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना संक्रण देखिन थालेपछि जिल्लामा पनि संक्रमितको संख्या बढ्न सक्ने भन्दै आइसोलेसन कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार अस्पतालले स्थापना गरेको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्था गरिएको छ । जिल्ला अस्पतालमा निर्...