काठमाडौं : युक्रेनमा रुसले आक्रमण गर्न सक्ने आशंकाकाबीच अमेरिकाले युरोपमा अतिरिक्त सैनिक पठाउने भएको छ। राष्ट्रपति जो बाइडेनले यसै हप्ता थप सैनिक पठाउने निर्णय लिएको ह्वाइट हाउसले जनाएको छ। अमेरिकाले करिब दुई हजार थप सैनिक युरोपको सीमामा पठाउने तयारी गरेको हो। फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनीमा सेना पठाइने भएको हो। यस्तै जर्मनीमा रहेको एक हजार अमेरिकी सैनिकलाई रोमानियामा परिचालन गर्ने तयारी गरिएको छ। रुसले सैनिक पठाउने अमेरिकी निर्णयलाई ‘विनाशकारी’ भन