अमेरिकाले युरोपमा थप दुई हजार सेना पठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै हप्ता युरोपमा थप दुई हजार सेना पठाउने तयारी गरेको पेन्टागनले जनाएको छ । उनीहरुलाई पोल्यान्ड र जर्मनीमा पठाइनेछ भने अहिले जर्मनीमा रहेका एक हजार सैनिक रोमानियामा खटिनेछन् ।
अमेरिकाको यो निर्णयलाई रुसले ‘विनासकारी कदम’ को संज्ञा दिएको बीबीसीले जनाएको छ । रुसले युक्रेन सीमा नजिक झण्डै एक लाख सैनिक तैनाथ गरेको अवस्थामा अमेरिकाले युरोपमा सेनाको सङ्ख्या बढाउन लागेको हो । अहिले खटाउने तयारीमा रहेका अमेरिकी सैनि...