जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन्।पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार भएको छलफलले दलको नेता टुंगो लगाएको हो। संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो। तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले बताइन्।शर्मालाई मंगलबार दलको नेता चयन गर्न प्रस्ताव गरिएको थियो। पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसमक्ष लोसपाका ५ जना प्रदेशसभा सदस्यल