कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौं : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। दलको नेता चयनका लागि भोलि मतदान हुँदैछ। निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवका अनुसार आज मतदाता नामावली प्रकाशन गरिनेछ। भोलि बिहान ९ देखि १० बजेसम्म उम्मेदवारी दर्ता र दिउँसो २ बजेदेखि साढे २ बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि ३ बजेदेखि मतदान सुरु हुने छ। नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा हुने मतदान करिब १ घण्टा चल्ने छ।  उम्मेदवारी शुल्क ४१ हजार तोकिएक