गठबन्धनको निष्कर्ष- निर्वाचन र ऐन संशाेधनबारे थप गृहकार्य गर्ने

काठमाडौँ, १५ माघ। सत्ता गठबन्धनको बैठकले निर्वाचनको मिति र ऐन संशाेधनबारे थप गृहकार्य गर्ने निष्कर्ष निकालेको छ। यसको लागि गठबन्धनमा सहमति जुट्न सकेको छैन। आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार थप दवावमा परेको छ । बैठकमा संविधानसँग बाझिएका […]

सम्बन्धित सामग्री

पालिका प्रमुखलाई बलियो बनाउने गरी ऐन संशोधनको गृहकार्य

संघीय मामिला मन्त्रालयले ऐन संशोधन गरी पालिका प्रमुखको भूमिका र अधिकारलाई स्पष्ट पार्ने, अनुदानलाई कार्यसम्पादनमा आधारित बनाउने र समयमै बजेट पास नगरे खाता रोक्का गर्नेसम्मको व्यवस्था प्रस्ताव गर्ने तयारी छ ।

सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्य अघि बढिसक्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७ औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षा […]

‘बिमा ऐन २०७५’ संशोधनको गृहकार्य

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ ।अर्थ समितिको बैठकमा बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि छलफल भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि भएको छलफलको प्रतिवेदन समितिमा प्रस्तुत गरेका थिए । उनले विधेयकको विधि निर्माणपछि सच्याउनुपर्ने शब्दावलीहरुको बारेमा समितिलाई जानकारी […]

संघीय निजामती सेवासम्बन्धी ऐन संसद्मा ल्याउने तयारी

काठमाडौं, फागुन २३ । सरकारले सातवटै प्रदेशमा प्रदेश सचिवबाहेक प्रदेशमा आवश्यक कर्मचारी प्रदेशले नै भर्ना गर्न पाउने गरी संघीय निजामती सेवासम्बन्धी ऐन संसद्मा ल्याउन फेरि गृहकार्य अघि बढाएको छ । निजामती सेवालाई निर्देशित गर्ने संघीय निजामती सेवा सम्बन्धी कानुन नबन्दा कर्मचारी व्यवस्थापन अन्योलमा पर्नुका साथै प्रशासनिक संघीयता कार्यान्वयनमा परेको असरलाई ध्यानमा राखेर संघीय मामिला तथा […]

रातोपाटी ब्रिफिङ : चुनावका लागि ऐन संशोधनको लफडा, ऋषि कट्टेलको पार्टी दुई चिरा

आज २०७८ माघ १७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. निर्वाचन आयोगको ‘बटमलाइन’स्थानीय तहको चुनाव गर्न संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै जेठ मसान्तभित्र चुनाव गर्ने गरी मिति तोक्ने सत्तारुढ दलको गृहकार्य भइरहेका बेला निर्वाचन आयोगले भने २०७९ साल जेठ ५ भित्रै चुनाव गर्नुपर्ने ‘बटमलाइन’ अघि सारेको छ । जेठ ५ भित्रै चुनाव सुरु गरे स्थानीय

निर्वाचन आयोगको ‘बटमलाइन’ : ऐन फेर्नुपर्दैन, चुनाव जेठ ५ अगावै !

काठमाडौँ । स्थानीय तहको चुनाव गर्न संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै जेठ मसान्तभित्र चुनाव गर्ने गरी मिति तोक्ने सत्तारुढ दलको गृहकार्य भइरहेका बेला निर्वाचन आयोगले भने २०७९ साल जेठ ५ भित्रै चुनाव गर्नुपर्ने ‘बटमलाइन’ अघि सारेको छ । जेठ ५ भित्रै चुनाव सुरु गरे स्थानीय तह निर्वाचन ऐन समेत संशोधन गर्न नपर्ने आयोगका उच्च पदाधिकारीको भनाइ छ ।गत शनिबार बालुवाटारमा बसेको सत्तारुढ राजनीतिक दलको बैठकले अघिल्लो पटक तीन चरणमा फरक फरक मितिमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि पनि

स्थानीय तह निर्वाचन ऐन संशोधन गृहकार्य शुरू

सरकारले संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन २०७३  मा संशोधनको गृहकार्य शुरू गरेको छ । कानून व्यवसायीसँगको छलफलपश्चात सरकारले ऐनमा संशोधन गर्न लागेको हो । ऐनमा संशोधन गर्ने सरकारको गृहकार्यसँगै निर्वाचन आयोगद्वारा बैशाखका लागि प्रस्ताव भएको स्थानीय तहको निर्वाचनको च्याप्टर क्लोज भएको छ ।  संविधानको धारा २२५ अनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्नेछ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

सामाजिक सुरक्षाका कानुन संशोधन गर्न गृहकार्य

१२ मंसिर, काठमाडौं । शनिबार नेपालमा ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ सार्वजनिक भएको तीन वर्ष बित्यो । ११ मंसिर २०७५ मा तामझामका साथ सार्वजनिक भएको योजना अझै प्रभावकारी बन्न नसकेपछि सरकारले श्रम तथा समाजिक सुरक्षाका कानुन र व्यवस्थाहरु संशोधनको गृहकार्य शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समाजिक सुरक्षा ऐन र नियमावली […]