काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरी अनधिकृत संरचना हटाएको प्रष्टीकरण दिएका छन्।अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको उनले बताएका छन्। ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ’, प्रेस विज्ञप्ती&n