प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाकी नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन् । संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उहाँले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताएकी हुन् ।न्यायलय कोही कसैबाट प्रभावित हुन