विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासन कायम गर्न र मानवअधिकार संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।   सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्धनको काम गरेको बताएका उनले देशको शासन प्रभावकारी, विना पूर्वाग्राही सञ्चालनमा पनि सरकारी व