जिल्ला अदालत, सर्लाहीले रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अनुयायीलाई यौन हिंसा गरेको आरोप लागेका बम्जनलाई मंगलबार पक्राउ गरिएको थियो लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । आफूमाथि बम्जनले बलात्कार गरेको भन्दै रौटहटकी एक किशोरीले ललितपुरमा पत्रकार सम्मेलन गरेर पहिलो पटक …