तनहुँ – नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आज बिहीवार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताउनुभयो । अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न अदालतले आ...