९ महिनामा २८ करोड रुपैयाँको यार्सागुम्बा निर्यात

चालू आर्थिक वर्षको ९ महिनामा २८ करोड १६ लाख ८२ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा २८ करोड रुपैयाँ बराबरको ४५६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।नेपालबाट विश्वका १० वटा देशमा यार्सागुम्बा निर्यात हुँदै आएको छ । जसमध्ये कम्बोडियामा १८ करोड ८८ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । यस्तै, हङकङमा ३ कोड ६९ लाख रुपैयाँको र सिंगापुरमा ८० लाख रुपैयाँको निर्यात भएको छ ।यसैगरी, दक्षिण कोरियामा ६६ लाख रुपैयाँ

सम्बन्धित सामग्री

यार्सागुम्बा निर्यात १३९ प्रतिशतले बढ्यो, ५ महीनामा ५५ करोड भित्रियो

काठमाडौं । नेपालले पाँच महीनामा ५५ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा नेपालले विभिन्न मुलुकमा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । उक्त मूल्यको एक हजार ८३ किलोग्राम यार्सागुम्बा निर्यात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले २७ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको ४५३ किलोग्राम यार्सागुम्बा निर्यात गरेको छ । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा यार्सागुम्बा निर्यात मूल्यमा ९९ प्रतिशतले र परिमाणमा १३९ प्रतिशतले बढेको छ ।  यो पाँच महीनाको अवधिमा नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, कम्बोडिया, चीन, चेक रिपब्लिक, ग्रीस, हङकङ, जापान, मलेसिया, मंगोलिया, रूस, सिङ्गापुर, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, भियतनाममा यार्सागुम्बा निर्यात भएको छ ।  उक्त अवधिमा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात हङकङमा भएको छ । हङकङमा मात्रै २४ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको ३८० किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यार्सागुम्बा सर्वाधिक निर्यात हुने देशको सूचीमा चीन छ । उक्त अवधिमा चीनमा २० करोड ४२ लाख ९० हजार रुपैयाँ बराबरको ४७७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ३ करोड ४६ लाख ७५ हजार रुपैयाँ बराबरको १२७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।

११ महीनामा ४० करोडभन्दा बढीको यार्सागुम्बा निर्यात, कुन देशमा कति ?

काठमाडौं । गत आर्थिक वर्ष (आव)को ११ महीनामा यार्सागुम्बाको निर्यात ३१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउनदेखि जेठसम्ममा ६२७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यो अघिल्लो आवको समीक्षा अवधिभन्दा ३१ प्रतिशत बढी हो । अघिल्लो आव उक्त अवधिमा निर्यात परिणाम ४७६ किलोग्राम थियो ।  गत आवमा यार्सागुम्बाको निर्यात परिणामसँगै रकम पनि बढेको छ । गत आवको साउनदेखि जेठसम्ममा नेपालले ४० करोड ४९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ३६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा नेपालबाट २९ करोड ६७ लाखको ४७६ किलोग्राम यार्सागुम्बा विदेशिएको थियो ।  १२ देशमा निर्यात, तीन चौथाइ हिस्सा हङकङ र कम्बोडियामै  नेपालबाट १२ ओटा देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ११ महीनामा नेपालबाट कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, इटाली, कोरिया, मलेशिया, सिङ्गापुर, संयुक्त अधिराज्य (युके), संयुक्त राज्य अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात भएको थियो ।   समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै यार्सागुम्बा निर्यात हङकङमा भएको छ । उक्त अवधिमा हङकङमा १८ करोड ८७ लाख रुपैयाँको २७३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट यार्सागुम्बा सर्वाधिक निर्यात गर्ने देशको सूचीमा दोस्रोमा कम्बोडिया छ । समीक्षा अवधिमा कम्बोडियाले १२ करोड ४० लाख रुपैयाँको १८४ किलोग्राम नेपाली यार्सा भित्र्याएको छ । हङकङ र कम्बोडियामा निर्यात हुने हिस्सा कुल हिस्साको तीन चौथाइभन्दा बढी हो ।  नेपालबाट यार्सागुम्बा सर्वाधिक निर्यात गर्ने देशको सूचीमा तेस्रो स्थानमा भियतनाम छ । विभागका अनुसार गत आवको समीक्षा अवधिमा भियतनाममा ४ करोड ५३ लाख रुपैयाँको यार्सागुम्बा विदेशिएको छ ।  त्यस्तै, सिंगापुरमा १ करोड ३१ लाखको, अमेरिकामा १ करोड १४ लाखको, चीनमा ९७ लाख १० हजारको, मलेसियामा ८० लाख ३८ हजार, संयुक्त अधिराज्यमा २० लाख ६३ हजारको र फ्रान्समा १० लाख २९ हजारको यार्सागुम्बा नेपालबाट निर्यात भएको छ । त्यसैगरी, इटालीमा ९ लाख ७८ हजारको, जर्मनीमा २ लाख ३० हजारको र कोरियामा ६२ हजारको यार्सागुम्बा विदेशिएको छ ।  कुन देशमा कति ? देश निर्यात (रुपैयाँमा) हङकङ १८ करोड ८७ लाख कम्बोडिया १२ करोड ४० लाख भियतनाम ४ करोड ५३ लाख सिंगापुर १ करोड ३१ लाख अमेरिका १ करोड १४ लाख चीन ९७ लाख १० हजार मलेसिया ८० लाख ३८ हजार संयुक्त अधिराज्य  २० लाख ६३ हजार फ्रान्स १० लाख २९ हजार इटाली ९ लाख ७८ हजार जर्मनी २ लाख ३० हजार द. कोरिया ६२ हजार कुल ४० करोड ४९ लाख स्रोत : भन्सार विभाग ।

नेपालबाट साढे १२ करोडको यार्सागुम्बा निर्यात

नेपालबाट चालू आर्थिक वर्षमा साढे १२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार चालू वर्षमा १२ करोड ४७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो ।यस अवधिमा नेपालबाट २०३ किलोग्राम यार्सागुम्बा निर्यात भएको तथ्यांकमा उल्लेख छ । नेपालबाट विश्वका ७ वटा देशमा यार्सागुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ । कम्बोडिया, हङकङ, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अमेरिका र भियतनामले नेपालसँग यार्सागुम्बा किन्ने गरेका छन् ।यीमध्ये कम्

नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात […]

नेपालबाट २९ करोडको यार्सागुम्बा निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका ११ वटा देशमा जाने गरेको छ । जसमध्ये कम्बोडियामा सबैभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।कम्बोडियामा ने

दोब्बरले बढ्यो यार्सागुम्बाको निर्यात, ११ महिनामा २९ करोडको यार्सागुम्बा विदेशमा

वीरगञ्ज – नेपालबाट विदेशमा निर्यात हुँदै आएको यार्सागुम्बाको निर्यात चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म नेपालले २९ करोडभन्दा बढीको यार्सागुम्बा विदेशमा निर्यात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेशमा २९ करोड ६७ लाख ४९ हजार बराबरको चार क्विन्टल ७६ […]

७ महिनामा २२ करोडको यार्सागुम्बा निर्यात

काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको सात महिनामा २२ करोड ८९ लाख रुपैयाँका यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्ममा उक्त मूल्यको यार्सागुम्बा निर्यात भएको हो । विभागका अनुसार यो अवधिमा ३७७ किलो यार्सागुम्बा निर्यात भएको छ । यो अवधिमा नेपालबाट सबैभन्दा धेरै कम्बोडियामा १४ करोड ३२ लाख रुपैयाँ […]

करोडौं रुपैयाँ खर्चेर यी देशले लैजान्छन् नेपालको यार्सागुम्बा

काठमाडौं।नेपालबाट विश्वमा ९ राष्ट्र तथा क्षेत्रले यार्सागुम्बा खरिद गर्ने गरेको पाइएको छ।करोडौं रुपैयाँ खर्चेर नेपालबाट यार्सागुम्बा खरिद गर्ने राष्ट्र तथा क्षेत्रमा कम्बोडिया, चीन,हङकङ, मलेसिया, ओमान,सिंगापुर, युएई, अमेरिका र भियतनाम छन्।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ अर्ब ७६ करोड २५ हजार रुपैयाँमा २६१ केजी यार्सागुम्बा निर्यात गरेको थियो। नेपालबाट सबैभन्दा बढी १३१ केजी यार्सागुम्बा हङकङमा गएको थियो।

नेपालबाट हुने यार्सागुम्बाको निर्यात घट्यो, एक वर्षमा करिब १६ करोडको निर्यात

काठमाडौं।नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ केजी रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ।यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो।

गत वर्ष १५ करोडको यार्सागुम्बा निर्यात

काठमाडौं।नेपालबाट गत आर्थिक वर्ष २०७७/७८ मा १५ करोड ७६ लाख रुपैयाँको यार्सागुम्बा निकासी भएको छ। भन्सार विभागले दिएको जानकारीअनुसार २६१ किलोग्राम यार्सागुम्बा निकासी भएको हो। कम्बोडिया, चीन, हङकङ, मलेसिया,ओमान, सिंगापुर, युनाइटेड अरब इमिरेट्स,अमेरिका र भियतनाममा यार्सागुम्बा निकासी भएको छ। जसमध्ये हङकङमा सबैभन्दा बढी सात करोड १९ लाख रुपैयाँको निर्यात भएको छ। यसपछि भियतनामले दुई करोड रुपैयाँ बराबरको यार्सागुम्बार लगेको छ।