दोब्बरले बढ्यो यार्सागुम्बाको निर्यात, ११ महिनामा २९ करोडको यार्सागुम्बा विदेशमा

वीरगञ्ज – नेपालबाट विदेशमा निर्यात हुँदै आएको यार्सागुम्बाको निर्यात चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म नेपालले २९ करोडभन्दा बढीको यार्सागुम्बा विदेशमा निर्यात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट विदेशमा २९ करोड ६७ लाख ४९ हजार बराबरको चार क्विन्टल ७६ […]

सम्बन्धित सामग्री

यार्सागुम्बा निर्यात १३९ प्रतिशतले बढ्यो, ५ महीनामा ५५ करोड भित्रियो

काठमाडौं । नेपालले पाँच महीनामा ५५ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा नेपालले विभिन्न मुलुकमा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । उक्त मूल्यको एक हजार ८३ किलोग्राम यार्सागुम्बा निर्यात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले २७ करोड ८१ लाख ४४ हजार रुपैयाँ बराबरको ४५३ किलोग्राम यार्सागुम्बा निर्यात गरेको छ । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा यार्सागुम्बा निर्यात मूल्यमा ९९ प्रतिशतले र परिमाणमा १३९ प्रतिशतले बढेको छ ।  यो पाँच महीनाको अवधिमा नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, कम्बोडिया, चीन, चेक रिपब्लिक, ग्रीस, हङकङ, जापान, मलेसिया, मंगोलिया, रूस, सिङ्गापुर, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, भियतनाममा यार्सागुम्बा निर्यात भएको छ ।  उक्त अवधिमा सबैभन्दा धेरै यार्सागुम्बा निर्यात हङकङमा भएको छ । हङकङमा मात्रै २४ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको ३८० किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यार्सागुम्बा सर्वाधिक निर्यात हुने देशको सूचीमा चीन छ । उक्त अवधिमा चीनमा २० करोड ४२ लाख ९० हजार रुपैयाँ बराबरको ४७७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस्तै, भियतनाममा ३ करोड ४६ लाख ७५ हजार रुपैयाँ बराबरको १२७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।

यार्साको भाउ बढ्यो

डोल्पा समाचारदाता दुनै, असार २२ गते । डोल्पामा यार्सागुम्बाको मूल्य यस वर्ष बढेको छ । सुनको मूल्यभन्दा महँगो पर्न जाने यार्सागुम्बा...