करोडौं रुपैयाँ खर्चेर यी देशले लैजान्छन् नेपालको यार्सागुम्बा

काठमाडौं।नेपालबाट विश्वमा ९ राष्ट्र तथा क्षेत्रले यार्सागुम्बा खरिद गर्ने गरेको पाइएको छ।करोडौं रुपैयाँ खर्चेर नेपालबाट यार्सागुम्बा खरिद गर्ने राष्ट्र तथा क्षेत्रमा कम्बोडिया, चीन,हङकङ, मलेसिया, ओमान,सिंगापुर, युएई, अमेरिका र भियतनाम छन्।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ अर्ब ७६ करोड २५ हजार रुपैयाँमा २६१ केजी यार्सागुम्बा निर्यात गरेको थियो। नेपालबाट सबैभन्दा बढी १३१ केजी यार्सागुम्बा हङकङमा गएको थियो।

सम्बन्धित सामग्री

यार्सा बेचेर करोडौं आम्दानी

हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा मुगाली नागरिकको जीविकोपार्जन गर्ने मुख्य स्रोत रहेको छ । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा संकलन गरी बिक्री गरेर वर्षेनि करोडौं रुपैयाँ भित्र्याउने गरेका छन् । देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाँउ गाउँमा करोडौंको जडिबुटीको कारोबार भइरहेको छ । गत जेठ ५ गते […]