बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ को चडेपानी गाउँलाई थप ७ दिनका लागि सिल गरिएको छ। एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आजदेखि आगामी साउन ३ गते सम्म गाउँलाई सिल गरिएको हो।यसअघि असार २१ गतेदेखि असार २७ गतेसम्म सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमित संख्या नघटेकाले विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय भएको दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तले जानकारी दिए।संक्रमणको रोकथाम र नियन्त्रणका लागि गाउँलाई थप
म्याग्दी : गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि म्याग्दीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ५ जना भन्दा बढी सङ्क्रमित भेटिएको टोलमा सिल गर्ने भएको छ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय सङ्क्रमित रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत र व्यवसाय बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवाश शर्मा पौडेलले बताए।‘समुदायस्तरमै स्वंयसेवक टोली बनाएर अभियान सुरु गर्न स्थानीय तहलाई अनुरोधसमेत गरिएको छ, संक्रिय सङ्क्रमित भएको
हुम्ला। हुम्ला जिल्लाको मध्ये भेगमा पर्ने सर्किगाड गाउँपालिकामा पहिलो दिन १५ जनाको एन्टिजेन किटबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्किगाड गाउँपालिका ५ गोठीमा गरिएको परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएसँगै पालिकाले ५ नम्बर बडा गोठीसिल गरेको सर्किगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताए । यो सहित जिल्लामा कोरोना संक्रमित ४२ जना पुगेको छ ।
स्याङ्जा : बुधबार एकै गाउँका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ।वालिङ-१, धरमपानीका स्थानीयवासीमा कोरोनाको लक्षण देखिएपछि वालिङस्थित गह्रौं प्राथमिक अस्पताल र स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर गरेको स्वास्थ्य परीक्षण गरेको थियो।गत १४ गते गाउँमा चौरासी पूजाको आयोजना गरिएको र पूजामा केही सहभागीलाई लक्षण देखिएपछि उनीहरू एन्टिजिन परीक्षण गर्न गह्रौं प्राथमिक अस्पतालमा आएका थिए।‘एन्टिजेन परीक्षणमा सातै जनालाई कोरोना पोजेटिभ देखिएपछि धरमपानी गाउँमै ग
नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ ।स्थानीय प्रशासनले नगरका अन्सायियान टोल,डिएसपी रोडको एउटा टोल,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको छ । सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ ।