संक्रमित भेटिए पछि अन्सारी टाेल भृकुटी नगर स्थानमा प्रशासनले सिल गरे पछिकाे अवस्था (फोटो फिचर)

नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ । स्थानीय प्रशासनले नगरका अन्सायियान टोल,डिएसपी रोडको एउटा टोल,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको छ । सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ । नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन । कोहलपुर नगरपालिकाले नेपालगन्ज सङ जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ हुदैछ ।