काठमाडौं : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट लिएको २५ हजार घुस रकमसहित खाँलाई नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार खाँले दाँते ओखरको बिरुवा उत्पादन गरेवापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस रकम लिएको खुलेको छ।कार्यकक्षबाटै नियन्त्रणमा लिइएका खाँबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।