१८ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को नयाँ बजेटमार्फत ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ को पुनर्संरचनाको घोषणा गर्यो । गत आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले परियोजनाको पुनर्संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य केही कार्यक्रम प्रदेशमा हस्तान्तरण गर्ने घोषणा गरे । बजेटको यो घोषणालाई लिएर कतिपयले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खारेजीलाई […]