काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख खाँले दाँते ओखरको बिरुवा उत्पादन गरेबापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी […]