वर्तमान सरकार गठन भएको २२ महिना पुगेको छ । यस सरकारसँग जनअपेक्षा जे–जस्ता थिए ती कुनै पनि पूरा हुन सकेको छैन । कार्यवधिका हिसाबले लामो समय नभए पनि लक्षण भने प्रस्ट देखिने समय पर्याप्तै मान्नुपर्छ । देशमा स्थायी सरकार नहँुदा विकासले गति लिन सकेन, भ्रष्टाचार मौलाउदै गयो, सुशासन भएन भने जुन पक्ष थियो त्यो स्थिर सरकार गठनसँगै टुटेको थियो । झन्डै दुईतिहाइ मत प्राप्त यो सरकारले आवश्यक परेमा कानुन नै परिवर्तन गर्ने क्षमता राख्छ ।