८२ खर्ब रुपैयाँमा गेमिङ कम्पनी एक्टिभिजन किन्दै माइक्रोसफ्ट, विश्वको तेस्रो ठूलो गेमिङ कम्पनी हुने

माघ ५, काठमाडौं । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टले झण्डै ७० अर्ब डलर खर्चेर एक्टिभिजन ब्लिजार्ड किन्ने भएको छ । कम्पनीले यो योजनाको घोषणा मंगलबार गरेको हो । यो हालैका वर्षमा प्रविधि उद्योगमा ठूलो मध्येको एक खरीद सम्झौता हुनेछ । यसले गेमिङ उद्योगमा माइक्रोसफ्टको स्थिति झनै बलियो बनाउने विश्वास गरिएको छ । तर एक्टिभिजनको विषाक्त संस्कृतिबारे हालैका वर्षमा उत्पन्न चिन्ता एवम् चासोले भने कम्पनीका लागि जटिलता उत्पन्न गराउने हो कि भन्ने आशंका पनि गरिएको छ ।  माइक्रोसफ्टले पूरा नगद तिरेर सो कम्पनी किन्दैछ । पछिल्लो एक्विजिशनमा माइक्रोसफ्टले एक्टिभिजनलाई ६८ अर्ब ७० करोड डलर मूल्य दिएको छ ।यो खरीदपछि माइक्रोसफ्ट टेन्सेन्ट र सोनीपछि विश्वको तेस्रो ठूलो गेमिङ कम्पनी हुनेछ ।  यो सम्झौता पछि एक्टिभिजन ब्लिजार्डका सीईओका रुपमा बबी कोटिक यथावत् रहने एक्विजिशन खरिदका बेलामा जारी एक विज्ञप्तिमा भनिएको छ । कम्पनीमा वर्षौसम्म व्याप्त उत्पीडन र भेदभावलगायत समस्याबारे जानकार रहेर पनि केही नगरेको भन्दै चरणबद्ध रुपमा एक्टिभिजनका कर्मचारीहरुले सामूहिक रुपमा राजीनामा दिएका थिए ।  महिला कर्मचारीहरुलाई भेदभाव गरेको, यौन उत्पीडन गरेको र पुरुष तथा महिला कर्मचारीबीचको तलबमा भिन्नता अनुचित रहेको भन्दै सन् २०२१ को अगष्टमा कम्पनीविरुद्ध क्यालिफोनिर्याको निष्पक्ष रोजगारी र हाउजिङ विभागमा मुद्दा दर्ता भएको थियो ।  कम्पनीमा व्याप्त यौन उत्पीडनबारे एक्टिभिजनका कार्यकारीहरु र मानव संसाधन विभागका अधिकारीहरुलाई थाहा भएको तर यस्ता अनुचित व्यवहार रोक्न असफल भएको आरोप पनि मुद्दामा लगाइएको थियो ।  यो आरोपपछि कम्पनीका तत्कालीन अध्यक्ष जे. एलन ब्राकले आफ्नो पदबाट राजीनामा दिएका थिए । यस मामिलामा अनुसन्धान गर्न कम्पनीले बाहय कम्पनीलाई नियुक्त पनि गरेको थियो ।   पछिल्लो सम्झौताबारे नियामक समीक्षा हुन बाँकी छ । एक्टिभिजनका शेयरधनीहरुले पनि यसलाई मञ्जुरी दिइसकेका छैनन् । सम्झौता सन् २०२३ मा सम्पन्न हुने बताइएको छ ।  कारोबार पूरा नहुँदासम्म दुबै कम्पनीहरु स्वतन्त्र रुपमा चल्नेछन् । यसपछि भने एक्टिभिजनले स्पोन्सरलाई रिपोर्ट गर्नेछ । यो खबर सार्वजनिक भएपछि मंगलवार बिहानी कारोबारमा एक्टिभिजनको शेयरमूल्य ३० प्रतिशतभन्दा धेरैले बढेको थियो ।  माइक्रोसफ्टको शेयरमा भने करीब डेढ प्रतिशतको कमी आएको थियो । हालैका वर्षमा माइक्रोसफ्टले आफ्नो सारा ध्यान गेमिङतिर लगाइरहेको छ ।  कोरोना भाइरसको महामारीबीच मानिसहरु घरमै बस्ने अनि गेमिङ प्रणालीको प्रयोग गर्ने क्रम बढेको छ । माइक्रोसफ्टको एक्सबक्स सिरिज एक्स र सिरिज एक्स कन्सोलको उच्च माग बीच सन् २०२१ को जनवरीमा कम्पनीको गेमिङ व्यवसायको आम्दानी पहिलो पटक ५ अर्ब डलर नाघेको थियो । एक्टिभिजन खरीदसँगै कम्पनीको गेमिङ व्यवसाय बढ्नेछ । यसमा एक्टिभिजनको गेम र मासिक करीब ४० करोड सक्रिय प्रयोगकर्ताहरु पनि माइक्रोसफ्टमा थपिने छन् । कम्पनीले एक्टिभिजनको ग्लोबल गेम स्टुडियोको साथै करीब १० हजार कर्मचारी पनि पाउनेछन् । (एजेन्सीको सहयोगमा)

सम्बन्धित सामग्री

फेसबुकका प्रयोगकर्ता तीन अर्ब नाघे, त्रैमासिक आम्दानी ४२ खर्ब

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया प्लाटफर्म फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या ३ अर्ब नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार फेसबुकको मातृ कम्पनी मेटाले त्रैमासिक आम्दानीमा सबै पुराना रेकर्डहरु तोडेको छ । गत अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिमा मेटाले ७ अर्ब ८० करोड खुद मुनाफा कमाउन सफल भएको छ । जबकि उक्त त्रैमासिकमा कम्पनीको कूल आम्दानी […]

भारतको अर्थतन्त्र भन्दा ठूलो भयो एप्पलको बजार मूल्य

एप्पलको बजार मूल्य ३० खर्ब डलर पुगेर फेरी केही घटेको छ । यसले लगानीकर्तालाई उत्साहित पारेको त छ तर आगामी वर्ष पनि कम्पनीको प्रगती यस्तै हुन्छ, यसबारे शंका भने छ ।आईफोन बनाउनेवाला कम्पनी एप्पलको बजार मूल्य सोमबार अमेरिकी सेयर बजारमा थोरै ओरालो लाग्नुु भन्दा अघि ३० खर्ब डलरको रेकर्डमा पुगेको थियो । एप्पललाई यो स्तर कायमै राख्न मुश्किल भएपनि कम्पनीप्रति लगानीकर्ताको विश्वास स्पष्ट रुपमा देख्न सकिन्छ । एप्पल ३० खर्ब डलरको बजार मूल्य छुने विश्वकै पहिलो कम्पनी बनेको छ । वर्षको पहिलो दिन व्यापारक

एप्पलको नयाँ कीर्तिमान, मूल्य ३० खर्ब डलर नजिक

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सोमबार नयाँ कीर्तिमान कायम गर्दै शेयर मूल्यमा अहिलेसम्मकै ठूलो बढोत्तरी हासिल गरेको छ । एप्पल कम्पनीको मूल्य सोमबार करीब ३० खर्ब डलर पुगेको थियो । सोमबार एप्पलको शेयर मूल्यमा अघिल्लो हप्ताको अन्तिम दिनभन्दा २ प्रतिशत वृद्धि भएर प्रतिशेयर १८२.८६ डलर पुगेको भए एप्पल कम्पनीको मूल्य ३० खर्ब अर्थात् ३ ट्रिलियन […]

भारतको अहिलेसम्मकै धेरै आईपीओ बिक्री खुला

भारतमा आजदेखि अहिलेसम्मकै धेरै साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ । भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने योजना बनाएको छ ।यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ (१५ हजार करोड भारू) र रिलायन्स पावरले एक खर्ब २० अर्ब भारू (१२ हजार करोड भारू) को आईपीओ बिक्री गरेको थियो । पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीयले लगानीकर्ता संस्थापक रहेको य

भारतीय कम्पनी पेटिएमले ल्याउने भयो हालसम्म कै ठूलो आईपिओ, खर्ब बढीको आकार

भारतीय कम्पनी वान नाईन सेभेन कम्युनिकेशन कम्पनीले भारतीय पुँजीबजारको इतिहास कै ठूलो आईपिओ ल्याउनको लागि अनुमति पाएको छ । भारतको पुँजीबजारको नियामक निकाय सेबीले कम्पनीलाई १६ हजार ६ सय करोड भारु बराबरको आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । यो २.२ अर्ब डलर अर्थात साढे २ खर्ब बढी नेपाली रुपैयाँ बराबरको आकार हो  ।  यद्यपि भारतको अंग्रेजी अनलाइन इकोनोमिक टाइम्सले आईपिओको आकार बढेर १८ हजर करोड सम्म पुग्ने सक्ने उल्लेख गरेको छ ।  यो कम्पनीले डिजिटल पेमेन्ट सेवा पेटिएम संचालन गरिरहेको छ । भारतमा सन् २०१३ मा कोल इण्डियाले १५ हजार करोड बराबरको आईपिओ निष्काशन गरेको थियो । सो नै हालसम्मको ठूलो आईपिओ थियो । पेटीएमको आईपिओले १६ हजार ६ सय करोड जुटाएर सो रेकर्ड तोड्ने भएको हो ।कम्पनीले फ्रेस इक्विटी मार्फत ८३०० करोड र अफर फर सेल मार्फत ८३०० करोड जुटाउने बताईएको छ । पेटीएममा अलीबाबाको एन्ट ग्रुपको २९.७१ प्रतिशत, सॉफ्टबैंक विजन फंडको १९.६३ प्रतिशत, सैफ पार्टनर्सको १८.५६ प्रतिशत र विजय शेखर शर्माको १४.६७ प्रतिशत लगानी रहेको छ। कम्पनीमा एजीएच होल्डिंग, टी रो प्राइज, डिस्कवरी कैपिटल र बर्कशायर हैथवेको १० प्रतिशत भन्दा कम हिस्सेदारी रहेको छ । कम्पनीले आईपिओबाट उठेको रकम कम्पनीको पेमेन्ट इकोसिस्टमलाई थप मजबुत बनाउन र नयाँ बिजनेश इनिशिएटिवमा खर्च गर्ने जनाएको छ। कम्पनीको आईपिओ मध्य नोभेम्बरमा भारत दुवै स्टक एक्सचेन्ज अर्थात् बिएसई र एनएसईमा सुचिकृत हुने इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

टेन्सेन्टलाई उछिनेर टीएसएमसी बन्यो एशियाको सबैभन्दा मूल्यवान कम्पनी

भदौ २, ताइपेई (ताइवान) । विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) एशियाको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  बुधवार टीएसएमसीले एशियाकै मूल्यवान कम्पनीका रुपमा चिनियाँ कम्पनी टेन्सेन्टलाई उछिनेको हो । चीनले विगत केही महीनायता प्रविधि क्षेत्रमा गरेको कडाईका कारण टेन्सेन्ट, अलिबाबालगायत चिनियाँ कम्पनीहरुको मुल्यांकन घटेको छ । टीएसएमसीले यस अघि अगष्टको शुरुमा पनि टेन्सेन्टलाई उछिनेको थियो । कम्पनीको बजार पूँजीकरण ५ खर्ब ३८ अर्ब डलरभन्दा धेरै छ । दोस्रो स्थानमा रहेको टेन्सेन्टको बजार पूँजीकरण भने ५ खर्ब ३६ अर्ब डलर छ । ४ खर्ब ७२ अर्ब बजार पूँजीकरण सहित अलिबाबा तेस्रो स्थानमा छ । चीनको बजार नियामकले इन्टरनेट क्षेत्रमा अनुचित प्रतिस्पर्धा रोक्न नयाँ नियमन जारी गरेपछि टेन्सेन्ट र अलिबाबा दुबैले मंगलवार मात्रै २० अर्ब डलरभन्दा धेरै गुमाएका थिए । चीनको बजार नियामकले एकाधिकार विरोधी र प्रतिस्पर्धा मिच्ने कानूनमा कडाई गरेको छ । चीनले वित्तीय प्रविधिको क्षेत्रमा पनि निगरानी बढाएको छ । एजेन्सी

अमेजनमाथि युरोपमा १ खर्ब जरिवाना

१७ साउन, काठमाडौं । गोपनीयता कानूनको उल्लंघन गरेको भन्दै युरोपियन युनियनले इ-कमर्श कम्पनी अमेजनमाथि हालसम्मकै ठूलो जरिवाना गरेको छ । विज्ञापनसँग सम्बन्धित विषयमा अमेजनले जनरल डाटा प्रोटेक्सन रेगुलेसनको उल्लंघन गरेको ठहर गर्दै युरोपियन युनियन अन्तर्गतको नियामक निकायले अमेजनमाथि ७४ करोड ६० लाख युरो अर्थात् १ खर्ब रुपैयाँ भन्दा धेरै रकम जरिवाना गरेको हो । इयूको […]

पब्जी निर्माण कम्पनीले ५ अर्ब डलरको आइपिओ जारी गर्दै

काठमाडौं : चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब अमेरिकी डलर बराबर पुँजी उठाउने क्रयाफ्टनले जनाएको छ। क्रयाफ्टनले दक्षिण कोरियाकै सबैभन्दा ठूलो आइपिओको रुपमा रेकर्ड राख्नेछ। यसअघि सन् २०१० मा सामसुङ लाइफ इन्सुरेन्सले ४ दशमलप ९ खर्ब कोरियन वन अर्थात ४ दशमल ४ अर्ब अमेरिकी डलर बराबरको आइपिओ बेचेको थियो

यी पाँच कारण, जसले एप्पललाई बनायाे १० खर्ब डलरको कम्पनी

एप्पललाई अहिलेसम्मकै सबैभन्दा सफल कम्पनी मानिन्छ । यो विश्वको पहिलो दश खर्ब डलरको सार्वजनिक कम्पनी बनेको छ । आखिर एप्पलले यस्तो चमत्कार कसरी गर्यो त ? केही कारण यस्ता छन्ः स्टिभ जब्स: आफैंमा एउटा ब्राण्ड स्टिभ जब्सको पहिचान केवल एप्पलका सह सस्थापकको रुपमा मात्र छैन उनी प्रविधिको संसारका सबैभन्दा ठूलो मध्येका एक नाम …