२३ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ३३ विभागहरू गठन गरेको छ । यी विभागहरुमा पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वन्यायाधीशदेखि नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्षसम्म छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादवलाई माओवादी केन्द्रले आफ्नो निर्वाचन विभागको सदस्य बनाएको छ । डा. यादव दुई कार्यकाल निर्वाचन आयोगको आयुक्त र प्रमुख आयुक्त भएका थिए । […]