नेपाल बार परिसरबाट ३ जना पक्राउ

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्न नेपाल बार एसोसिएसनमा पुगेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । तारा बराल सहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको बिरुद्धमा प्रदर्शन गरिरहेको छ । तर, बरालको समूह प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार परिसरमा पुगेका थिए ।