वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो ।
गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय श-याको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शøया अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको ...