काठमाडौंः कोभिड महामारीको दोस्रो लहरका बेला हटस्पट बनेको भेरी अञ्चल अस्पतालका सात स्वास्थ्यकर्मीहरुलाई कोभिड उपचार तथा रोकथाममा उत्कृष्ट योगदान गरेको भन्दै बारबारा फाउन्डेसनले विशेष सम्मान गरेको छ।
फाउन्डेसनले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेसहित सातजनालाई विशेष सम्मान प्रदान गरेको हो।
फाउन्डेसनले कोभिड महामारीका समयमा स्वास्थ्य क्षेत्रमा आइपरेको गहन जिम्मेवारी…