विपत् प्रभावित किसानलाई राहत

विपत्बाट प्रभावित किसानलाई लक्षित गरी बागमती प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी वितरण गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषि क्षेत्रमा विपत्बाट क्षति पुगेका कृषि फार्म र कृषकलाई राहत स्वरूप चालु आर्थिक वर्ष २०८०/८१ मा एक करोड १९ लाख ७३ हजार ४४३ रुपियाँ वितरण गरेको हो । राहत कार्यव्रmमबाट चालु आवमा प्रदेशभरका ७६ जना किसान लाभान्वित भएका छन् ।

सम्बन्धित सामग्री

‘किसानलाई राहत दिन ढिलाइ भयो’

काठमाडौं- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाइ भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाइ नहुने आश्वासनसमेत दिए । आइतबार मन्त्रालयमा मन्त्री भुसालले आफूले […]

विपद् प्रभावित किसानलाई राहत

बाग्मती, ९ साउन । बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई  एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ । प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो । राहत वितरणका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री […]

बर्ड फ्लू प्रभावित किसानलाई राहत दिने बाटो खुल्यो, क्षतिको ७५ प्रतिशत रकम पाइने

बर्ड फ्लू प्रभावित किसानलाई राहत उपलब्ध गराउने बाटो खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिने सम्बन्धी मापदण्ड-०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो  ।बर्ड फ्लू नियन्त्रणका क्रममा सरकारले पन्छी, पन्छी जन्य पदार्थ र पन्छी उत्पादन सामग्री नष्ट गर्ने गर्छ । बर्ड फ्लू नियन्त्रण नियमावली ०७८ मा राहतसम्बन्धी व्यवस्था उल्लेख भए पनि मापदण्ड स्वीकृत नुहुँदा क

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने तयारी

सरकारले  बेमौसमी  वर्षाका  कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।   गृह मन्त्रालयका अनुसार यसअघि धानबालीमा क्षति पुगेका  किसानहरूलाई  राहत  उपलब्ध  गराउनेसम्बन्धी  मापदण्ड, २०७८ स्वीकृत गरिएको थियो । गत असोज  ३१ देखि कात्तिक ३ गतेसम्म देशका विभिन्न भूभागमा वर्षाका कारण  धानबालीमा  क्षति  पुग्दा  किसान  प्रभावित  भएका  थिए । अर्थ मन्त्रालयले किसानलाई राहत रकम उपलब्ध गराउने मापदण्ड, २०७८ बमोज...

भोजपुरमा हिमपात : जनजीवन प्रभावित, किसानलाई राहत

भोजपुर : भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन प्रभावित बनेको छ। माथिल्लो क्षेत्रको अधिकांश भेगमा  बाक्लो हिउँ परेको छ।यहाँका पर्यटकीय क्षेत्रहरु, सुन्तले, बाघखोर, धापखर्क, मैयुङ डाँडा, टेम्के डाँडा, चखेवा भञ्याङलगायत ठाउँमा एकदेखि दुई फुटसम्म हिउँ परेको स्थानीयबासीले बताएका छन्। केही दिनयता मौसममा परिवर्तन भएर आएको हिँउ र पानीका कारण चिसो बढ्दा चौपायाहरुलाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए। त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको

रत्ननगर नगरपालिकाले बेमौसमी वर्षाबाट पीडित किसानलाई राहत दिने

५ कात्तिक, चितवन । चितवनको रत्ननगर नगरपालिकाले केही दिनअघि भएको बेमौसमी वर्षाका कारण प्रभावित बनेका किसानलाई राहत उपलब्ध गराउने भएको छ । धान काटेर भित्र्याउनका लागि सुकाइएको बेला अविरल वर्षा भएपछि पीडित बनेका किसानहरुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने मेयर नारायण बनले बताए । मेयर वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षणका क्रममा किसानलाई […]

पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग

जनमत पार्टीका अध्यक्ष सिके राउतले बाढीबाट प्रभावित किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् । बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् ।उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष पीडित किसानहरुलाई राहत प्रदान माग गरेका छन् । साथै उनले किसानहरुको हरेक दुःख र पीडामा जनमत पार्टी सदैव साथ रहने तथा किसानको माग पूरा गराउन पार्टी प्रतिबद्ध रहने दृढ

डुबान प्रभावित किसानलाई राहत उपलब्ध गराउन आयोगको आग्रह

राष्ट्रिय किसान आयोगले बाढी र डुबानबाट प्रभावित किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका कार्यक्रम अबिलम्ब घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ । आयोगले वर्षा, बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी किसानलाई राहत, क्षतिपूर्ति र पुनःस्थापनाका अल्पकालीन र दीर्घकालीन प्याकेजका कार्यक्रम ल्याउन सरकारसमक्ष आग्रह गरेको हो ।धान थन्क्याउने समयमा अप्रत्याशित रुपमा भएको अविरल वर्षापछि आएको बाढी र डुबानबाट धानबाली नष्ट हुनुले मुलुकको अर्थतन्त्रमा समेत क्षति पुगेको आयोगको ठहर छ । केह