भोजपुर : भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन प्रभावित बनेको छ। माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ।यहाँका पर्यटकीय क्षेत्रहरु, सुन्तले, बाघखोर, धापखर्क, मैयुङ डाँडा, टेम्के डाँडा, चखेवा भञ्याङलगायत ठाउँमा एकदेखि दुई फुटसम्म हिउँ परेको स्थानीयबासीले बताएका छन्। केही दिनयता मौसममा परिवर्तन भएर आएको हिँउ र पानीका कारण चिसो बढ्दा चौपायाहरुलाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए। त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको