बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिने तयारी

सरकारले  बेमौसमी  वर्षाका  कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।   गृह मन्त्रालयका अनुसार यसअघि धानबालीमा क्षति पुगेका  किसानहरूलाई  राहत  उपलब्ध  गराउनेसम्बन्धी  मापदण्ड, २०७८ स्वीकृत गरिएको थियो । गत असोज  ३१ देखि कात्तिक ३ गतेसम्म देशका विभिन्न भूभागमा वर्षाका कारण  धानबालीमा  क्षति  पुग्दा  किसान  प्रभावित  भएका  थिए । अर्थ मन्त्रालयले किसानलाई राहत रकम उपलब्ध गराउने मापदण्ड, २०७८ बमोज...